अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिल्ला समन्वय समिती झापामा एमालेका उम्मेद्वारहरु निर्विरोध, प्रमुखमा विश्व बराल

जिल्ला समन्वय समिती झापामा एमालेका उम्मेद्वारहरु निर्विरोध, प्रमुखमा विश्व बराल


झापा -जिल्ला समन्वय समिति झापाकोे प्रमुखमा नेकपा एमालेको तर्फबाट झापाका विशव बराल निर्विरोध निर्वाचित हुनु भएको छ । उपप्रमुख र सदस्य पदहरुमा पनि एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनोनयन दर्ताको लागि निर्वाचन तालिका तोकिएको थियो । जिल्ला समन्वय समितिको प्रमुखमा उपप्रमुखमा विर्तामोडमा शान्ता रोक्का निर्विरोध निर्वाचित हुनुभयो ।

समन्वय समितिका सदस्यहरुमा जुनु महरा, सन्तोष सोरेन , देवका बस्याल , रिता नेपाली , जलाल अलि , तुलसा काफ्ले मेचीनगर र कपिलमणि काफ्लेले उम्मेदवारी दर्ता गराएकोमा अन्य कसैको पनि उम्मेद्वारी दर्ता नभएपछि उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको हो । निर्वाचन अधिकृतको कार्यलयले विजयको औपचारिक घोषणा बाँकी छ ।