काठमाडौ- दुबईका राजकुमार मोहम्मद मोक्तुम जुमा अल मक्तुमलाई भेट्न प्रचण्ड र केही माओवादी नेताहरुले प्रयास गरे पनि सफल नभएको दाबी गरिएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएका मक्तुम झापा र पोखरा भ्रमणपछि काठमाडौ आउनुभएको थियो । मोक्तुम पोखरा हुँदै नेकपा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड,अर्थमन्त्री जनार्दन शर्मा,भरतपुर महानगरकी मेयर रेनु दाहाल लगायतले भेटका लागि विभिन्न माध्यमबाट मोक्तुमलाई खबर पठाएका थिए । तर मक्तुमले उक्त भेट अस्विकार गरेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार भेट गराउनका लागि शिक्षा मन्त्री देवेन्द्र पौडेलले सम्पर्क सुत्रको भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रचण्ड र शर्मासँग जोडिएका विभिन्न विवादस्पद विषयहरु सुनेका मक्तुमले हाललाई भेट्न आवश्यक नभएको भनेर उक्त प्रस्ताव पन्छाएको भ्रमण टोलीमा सहभागी एक सदस्यहले जानकारी दिए ।
मक्तुमले पोखरबाट फर्के लगत्रै हिजो नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीलाई बालकोट निवासमै गएर भेट्नु भएको थियो । मुक्तम आज स्वदेश फर्किसक्नु भएको छ ।





प्रतिक्रिया