काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तत्काल नबस्ने भएको छ । गत ३० जेठमा सचिवालयको बैठक बसेको थियो । सो बैठकले स्थानीय चुनावमा पराजयबारे छलफल गरेको छ ।
पार्टीभित्र अन्तर्घात भएको र सत्तारुढ दलहरुले गठबन्धन गरेकाले सिट संख्या घटे पनि एमाले प्रमुख शक्तिमा कायमै रहेको निष्कर्ष सचिवालय बैठकले निकालेको थियो ।
तर, चुनावबारे स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा भने छलफल भएको छैन ।
प्रतिक्रिया