काठमाडौं – संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी बुधबारदेखि हुने भनिएको सुनुवाइ रोकिएको छ ।
कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दा बुधबारका लागि सुनुवाइ तोकिएको थियो ।
तर राष्ट्रपति कार्यालयबाट सक्कल फाइल नआएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति कार्यालयले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी सक्कल फाइल सर्वोच्च अदालतमा पठाएको थिएन । सर्वोच्च अदालतको संवैधानिक इजलासले सक्कल फाइल नै मगाउने आदेश गरेको छ ।
प्रतिक्रिया