अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिफेर्ने निर्णय दुईसातासम्म प्रधानमन्त्रीले कार्यन्यवन नगरेपछि पार्टी बैठबमा माधव नेपाल निरिह : तत्काल मन्त्री फेर्न दबाब दिने निर्णय

मन्त्रिफेर्ने निर्णय दुईसातासम्म प्रधानमन्त्रीले कार्यन्यवन नगरेपछि पार्टी बैठबमा माधव नेपाल निरिह : तत्काल मन्त्री फेर्न दबाब दिने निर्णय


काठमाडौ- दुईसाता अघि आफ्नो पार्टीका मन्त्रीहरु फेर्ने निर्णय गरेको नेकपा समाजवादीले आज सरकारसँग फेरी मन्त्री फेरी पाउँ भन्ने निर्णय गरेको छ । आफ्नै पार्टीके निर्णय कार्यान्वयन गर्न नसकेका अध्यक्ष माधव नेपाल बैठकमा निरिहतापूर्व उपस्थित भएको सहभागी नेताहरुले जनाएका छन् । आज बसेको पार्टी सचिवालयल बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद हेरफेर गर्न दबाब दिने निर्णय गरेको छ ।
आजको पार्टी सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन, तुरुन्त कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौं’ बैठकपछि खनालले भन्नुभयो , ‘आज हाम्रो अध्यक्ष त्यही निर्णयलाई लिएर कुराकानी गर्न जानुभएको छ ।’

एकीकृत समाजवादी पार्टीले हाल सरकारमा रहेका मन्त्रीहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने र जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री बनाउने निर्णय थियो ।