काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई अपवादको रुपमा लिनु पर्ने बताउनुभयो । यसलाई समग्र सत्यका रुपमा लिन नहुने ओलीको भनाइ छ ।
टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा बिहीवार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनुभएको हो।
अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुईवटा मात्रै राजनीतिक पार्टी रहेको बताउनुभयो ।
ओलीले राजनीति र राजनीति संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यका लागि विचार आवश्यक रहेको बताउनुभएको छ ।
‘यो गतिशील दुनियाँ हो। जो स्वतन्त्र रुपमा युवाहरु उम्मेदवार हुन्छु भन्छन्, काहिँ जित्छन्, यसलाई अपवादको रुपमा लिनुपर्छ। यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छु, उनले भने, ुम यो पनि भन्दिनँ कि एमाले घाम जुन रहुञ्जेल रहन्छ, नेपाली कांग्रेस घाम(जुन रहुञ्जेल रहन्छ।ु





प्रतिक्रिया