काठमाडौ- नेकपा एसमा मन्त्री परिवर्तनको निर्णयले उग्र रुप लिंदै गएको छ । पार्टी सचिवालय र पोलिटव्यूरो बैठकले पनि यसको किनारा लाउन नसक्दा हालका मन्त्री र केही साँसदहरुले संसदीय दलको बैठक बोलाउन अध्यक्ष माधव नेपाललाई माग गरेका छन् । हिजोमात्र पार्टी सचिव एवं सहरी विकास मन्त्री राम कमारी झाँक्रीले महिलावादी पार्टी खोल्ने चेतावनी दिनु भएको थियो ।
दलको बैठक बोलाउन माग गर्नेमा मन्त्तीहरु प्रेम आल्,कृष्ण कुमार श्रेष्ठ,रामकुमारी झाँक्री,बिरोध खतिवडा छन् । यस्तै साँसदहरुमा निरा जैरु,कृष्णलाल महर्जन,गोपाल बम,बिना बुढाथोकी,पुष्पाकुमारी कर्ण र धनबहादुर बुढा लगायत छन् ।
आफूहरुलाई जबरजस्ती मन्त्रीबाट फिर्ता बोलाउने नेपालको निर्णयमा पुनर्विचार नगरेमा संसदीय दलको नेता फेर्नसम्मको धम्की असन्तुष्टहरुले दिएका छन् ।





प्रतिक्रिया