भद्रपुर- भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९ -०८० को बजेट बिहीबार बसेको नगरसभाले सर्वसम्मतरुपमा स्वीकृत गरेको छ ।
नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आय–व्यय समेटिएको बजेट नगरसभाले अनुमोदन गरेको हो ।
भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० को लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
भद्रपुर नगरपालिकाको ११औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकासरसेवा प्रवाह र सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७८र०९८ मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ ।
नगरसभामा प्रस्तुत अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार, प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार उल्लेख छ ।
यस्तै संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार, समपूरक अनुदानबाट २ करोड, सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार, विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ ।
नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने ११ करोड चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू सञ्चालन नभई बाँकी रहेको रकम तथा संघ तथा प्रदेशबाट राजश्व बाँडफाँडबाट प्राप्त भएको बढी रकमबाट बचत मौज्दातबाट व्यहोरिने अनुमान गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।





प्रतिक्रिया