काठमाडौं – लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएको छ। काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा उनी मृत भेटिनुभएको थियो ।
अहिलेसम्मको अनुसन्धानले उनको मृत्यु शंकास्पद देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिनुभयो ।
अघिल्लो दिन सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण छ ।
अनुसन्धानको क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । पक्राउ परेका सूर्य श्रेष्ठबाट अहिलेसम्म कुनै नयाँ तथ्य खुल्न सकेको छैन।
सुर्खेत घर भएकी दिलमाया नेपालटारमा डेरामा बस्दै आउनुभएको थियो शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत भेटिनुभएको थियो
हालै राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उहाँ उत्कृष्ट घोषित हुनुभएको थियो ।
प्रतिक्रिया