अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका सदस्यलाई अध्यक्ष ओलीले भन्नुभयो : उद्योग वाणिज्य क्षेत्रका गलत कदमको विरोध गर्नुहोस

पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागका सदस्यलाई अध्यक्ष ओलीले भन्नुभयो : उद्योग वाणिज्य क्षेत्रका गलत कदमको विरोध गर्नुहोस


काठमाडौ -प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीको हित विपरित ल्याइएको बजेटका विरुद्ध यसको नेता संस्थाहरु मौन् रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले व्यावशायीको ढाड सक्नेगरी सरकारले बजेट ल्याउँदा पनि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ लगायत मौन बसेको बताउनुभएको छ ।
पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठकअघि उक्त विभागका प्रमुख लगायत सदस्यहरूलाई निर्देशनात्मक सम्बोधन गर्दै ‌ओलीले उद्योग, वाणिज्य क्षेत्रले सरकारका गलत कदमको आलोचना गर्न निर्देशन दिनुभयो ।

‘बजेटमा एकदम बेठीक क्रियाकलाप भएका छन्। ती कुराको उद्योगी–व्यवसायीको हकहितमा खुलेका संगठनले आलोचना गर्नुपर्छ,अध्यक्ष ओलीको भनाइ छ , ‘त्यसको आलोचना समुचित ढंगले गर्नुपर्ने थियो । तर, उद्योग वाणिज्य महासंघ, परिसंघ लगायतले आलोचना गरेको देखिएन। बजेट सिङ्गो उद्योग–व्यवसाय क्षेत्र हेरेर ल्याइयो कि सीमित व्यापारीलाई हेरेर हामीले ती कमजोरीको आलोचना गर्नुपर्छ

उहाँले एक–दुई जना व्यापारी घरानियालाई हेरेर ल्याएको बजेटले समग्र राष्ट्रिय उद्योग–व्यापारको हित गर्न नसक्ने पनि बताउनुभयो।

एमालेका सही नीतिमा सहमत गराउँदै उद्योगी–व्यवसायीलाई आवद्ध गराउने कुरामा भूमिका खेल्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो।

विभागको बैठकलाई महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्नुभएको प्रमुख मोतीलाल दुगडले जानकारी दिनुभयो ।