अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको दबाबपछि प्रधानमन्त्री देउवाले गर्नुभयो नेकपा (एस)का नियुक्तीको सिफारिस

माधव नेपालको दबाबपछि प्रधानमन्त्री देउवाले गर्नुभयो नेकपा (एस)का नियुक्तीको सिफारिस


काठमाडौ -माधव नेपालको निरन्तरको दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज केही मन्त्रीहरु हेरफेर गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई नियुक्ति गर्नुभएको छ । जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षा र हिराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त हुनुभएको छ ।

राष्ट्रपतिको कार्यालयले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी मन्त्रीमण्डल पुनर्गठन गरिएको जानकारी दिएको छ ।

यसअघि एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री बनाउने निर्णय गरेको थियो । २२ जेठमा उक्त निर्णय भए पनि लामो समयसम्म उक्त निर्णय कार्यान्वयन भएको थिएन ।