कैलाली- नेकपा एमाले कैलाली जिल्ला कमिटी अध्यक्ष रतन थापा पार्टीबाट निष्कासन गरिएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै यसअघि थापालाई स्पष्टीकरण सोधिएको थियो।
एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि अध्यक्ष थापालाई निष्काशित गरिएको हो।
थापाले एमालेको विधानको धारा ८० अन्तर्गत उपधारा १, २, ३, ४, ५, ६ र १२ उलंघन गरेको ठहर प्रदेश कमिटीले गरेको छ।
थापालाई जिल्ला सचिवालयको निर्णय, जिल्ला इन्चार्ज रानाको सिफारिस, केन्द्रीय सदस्यहरुको रायका आधारमा अध्यक्ष पदबाट निष्काशित गर्ने निर्णय भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिनुभयो।
एमाले प्रदेश कमिटी सचिव पाठकका अनुसार थापालाई निष्काशित गरिएपछि उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ। अब साउन १५ भित्र एमालेले नयाँ अध्यक्ष चुन्ने भएको छ।
यस अघि जिल्ला कमिटीले सोधेको स्पष्टिकरणमा चितबुझ्दो जवाफ नदिएका थापालाई जिल्ला कमिटीले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सिफारिस प्रदेश कमिटीस समक्ष गरेको थियो ।





प्रतिक्रिया