मदन भण्डारीका गुरु धरणीधर न्यौपानेको घर छेउको मतानमा मदन र उहाँका साथीहरू साँझ बिहान पढन भेला हुनुहुन्थ्यो । १० बर्षदेखि तलकै उमेरको कुरा हो मदनलाई भूतप्रेत, तर्छाउने, से लाग्ने कुरामा पट्टकै बिश्वास थिएन । साथीहरूलाई यो भूत प्रेत भन्ने केहि पनि हुदैन भनेर बताईरहनुहुन्थ्यो तर साथीभाई नपत्याउने । एक दिन बेलुकीपख त्यहि मतानमा पढन भेला भएको बेला मदनले अनायासै भन्नुभयो लु मैले भूत देखेँ ।
अध्याँरो थियो, अलि पर केराको बोट मुनि देखाउदै लु हेर त उ त्यहाँ भूत, आबुई कत्रा कत्रा आखाँ, कस्तो कपडा लगाएको, टाउको हेर न टाउको । मदन जस्तो भन्नुहुन्छ साथीहरूले त्यस्तै पो देखे । डरले थुरथुर भए । मदनले साथीहरूको छातीमा हात राख्नुभयो सबैको मुटु ढुकढुक गरिरहेको । कत्ति डरछेरुवा होउ तिमीहरू अब भूतलाई म लात्तिले हानेर बारीको पाटामा पु¥याइदिन्छु भन्दै गएर एकलात्ति दिनुभयो । त्यो भूत त डोको पो रहेछ । घोप्टयाएको डोकोमा केराको पत्ताले हान्दोरहेछ साथीहरूले भूत नै ठाने । उहाँले साथीहरूलाई सम्झाउनुभयो डरायो भने जे सोच्यो त्यहिँ देखिन्छ । भूतप्रेत केहि पनि हुदैन ।
यो पंक्तिकारलाई बालककालदेखिनै मदन भण्डारीको ब्यक्तित्वले आकर्षित गरयो । उहाँको बारेमा जान्ने,सोधीखोजी गर्ने र पाएजति पुस्तकहरू पढने बानी लाग्यो । मदनभण्डारीकै जन्मस्थल ढुँगेसाँघु आफनो पनि जन्मस्थलमा सानै उमेरमा मदन भण्डारीका भाषण क्यासेटमा सुनिन्थ्यो । उहाँको भाषण सुनेरै मदन भण्डारी प्रति प्रभाबित भएँ । उहाँको धारा प्रबाह भाषण जुरुक जुरुक उचाल्ने खालका हुन्थे । मेरो मावली घर र मदन भण्डारीको जन्मघर करिब ५ मिनेटको दुरीमा थियो । माबलघर जाँदा बुबाले बाटैबाट मास्तिर देखाउदै यहि हो मदन कमरेडको घर भनेर चिनाउनुहुन्थ्यो । मावल घर पुगेपछि आमाले मामाघर छेउको मतान देखाउदै भन्नुहुन्थ्यो मदन काकाहरू यहि मतानमा भेला भएर पढनुहुन्थ्यो ।
२०२० सालतिर उहाँका ठूलो बुबा बित्नुभयो । त्यतिबेला केटाकेटी मान्छे मरेको भनेपछि डराउथे, छेउमा जादैनथे,मलामी जाने त कुरै भएन । ११ बर्षका मदन त लास बोकेर मलामी जानुभएछ । गाँउघरका मान्छे छक्कै परेका थिए । उहाँ साथीहरू सँग घुएत्रो हानी खेल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो यो घुएत्रो हानेर आकाश देखि पानी पारिदिन्छु ।
बालक मदन भण्डारीले भूतरुपी डोकोलाई लात्ती हानेको आँगन हाम्रै मावली घरको रहेछ । पहिला धरणीधर न्यौपानेको सो घर उहाँहरू तराई झरेपछि हाम्रो मावलीले किन्नुभएको । जननेता मदन भण्डारीको बारेमा प्रत्येक बर्ष सप्तकोशी एफएममा कार्यक्रम बनाउने र लेख पनि लेख्दै आएको छु । यो बर्ष मदन भण्डारीको बाल्यकालका बारेमा सोधीखोजी गरेँ । मदन भण्डारी जन्मनुभएकै बर्ष २००९ सालका मदनका तल्लोघरका साथी शिवराज पौडेलसँग कुराकानी गर्ने अवसर मिल्यो । उहाँले मदन भण्डारीको बाल्यकालका बारेमा धेरै रोचक प्रशंगहरू सुनाउनुभयो । यसैगरी मदन भण्डारीलाई बाल्यकालमा अक्षरआरम्भ गराउने गुरु १०३ बर्षिय धरणीधर न्यौपानेले समेत यो उमेरमा उ बेलाको स्मरणहरू सुनाउनुभयो ।
बालक मदनको चाहना घरैदेखि लागुगरौं समानता
मदन भण्डारीको बालककालको नाम मोतिराज थियो । मोतिराजलाई अक्षराम्भ उहाँकै भिनाजु नाताका धरणीधर न्यौपानेले गराउनुभएको रहेछ । १०३ बर्षिय न्यौपाने हाल इटहरीको वुढिखोला पूर्व सुन्दरहरैचामा बसोवास गर्नुहुन्छ । उहाँ अझै पनि चश्मा नलगाई पढलेख गर्न सक्नुहुन्छ । यो पंक्तिकार सँगको भेटमा शिक्षासेवी न्यौपानेले मदन भण्डारीको बाल्यकालका केहि स्मरण गर्नुभयो । उहाँका अनुसार मोतिराज भण्डारीले करिव ४ बर्षको हुदाँ अक्षराम्भ गर्नुभएको हो । एकदिन ठोटनेको टुनिबोटे स्कुलमा घुम्दै घुम्दै न्यौपाने पुग्नुभएको रहेछ ।
मोतिराज हातमा एउटा पोको बोकेर अक्षराम्भ गराउन जानुभएको रहेछ । धरणीधर न्यौपानेलाई देखेपछि म त भिनाजुबाटै सिक्छु भन्नुभएछ । हातको पोको न्यौपानेलाई दिनुभएछ । केहि चामल, फूल र पैसा रहेछ । त्यहि चामलमा गुरुले ॐ लेख्नुभएछ अनि फूलले भण्डारीलाई पूजा गर्न लगाउनु भएछ । मदनले पूजा गरेर तीनपटक ॐ भन्नुभयो । गुरुले क ख ग घ लेखेर तीन पटक आफूले भन्दै मदनलाई भन्न लगाउनुभएछ । मदनलाई गुरुको महत्व दर्षाउने श्लोक सुनाएर अर्थ पनि लगाउनु भएछ । केहि पछि मदनले न्यौपाने गुरुलाई सोध्नुभएछ गरीव श्रमिकले मीठो मसिनुखानु हुदैन र ?गुरुले भन्नुभएछ किन र ? मदनले भन्नुभएछ घरमा काम गर्ने गाँउबुढाले मीठो मसिनुखाएको मन पर्छ तर दिएको देख्दिन ।
गुरुले भन्नुभयो पुग्दैन होला नि ? मदन– पुग्नेगरि पकाए त पुगिहाल्छ नि । बेलुका मदनले खानानै खानुभएन छ उहाँको माग थियो गाँउलेवुढालाई मीठो मसिनो खान नदिएसम्म नखाने । गुरु धरणीधरका दृष्टिमा मदन भण्डारीमा सानै उमेरदेखि नेतृत्व सम्वन्धी गुण थियो । उहाँ जेष्ठ नागरिक, श्रमिक, महिला, बालबालिकालाई अत्यन्तै मायाँ गर्नुहुन्थ्यो । बालककालदेखि नै उहाँमा सबै समान हुनुपर्छ भन्ने धारणा थियो । समानता आफू देखि र आफनै घरदेखि लागु गराउन थाल्नुपर्छ भन्ने चेत उहाँमा बालककालदेखिनै रहेको देखिन्छ ।
अक्षर नचिनी चण्डी फररर
बालक मदनमा अचम्मको क्षमता थियो सुनेकै भरमा कण्ठ पार्ने । गुरुले लयहालेर एक पटक पढाएको सुनेर उहाँलाई चण्डीको किताबै आउदो भएछ । उहाँ ठूलालाई पढाएको सुनेरै कण्ठस्त पार्नुहुन्थ्यो । चण्डी मज्जाले भन्ने गरेको देखेर एक दिन उहाँका लक्ष्मीगुरुले लु लेख त भन्नुभएछ त्यसपछि पो थाहा भयो उहाँले त अक्षरै चिन्नुभएको रहेन छ ।
आमाको दुध खाएर आउदै पछार्दै
बालसखा शिबराज पौडेलका अनुसार मदन भण्डारीले पार्टीको कार्यक्रमहरूमा पछि सम्म पनि आमाको दुधसेवनको महत्वका बारेमा उदाहरण सहित बताउनुहुन्थ्यो रे । ६ बर्ष भन्दा कम उमेरकै बेलामा ठोटनेमा पौडेल र भण्डारी खेतका गरामा पछारी पछारी खेल्नुहुदो रहेछ । मदन भण्डारीले सुरुमै पछार्नुहुदो रहेछ । त्यसपछि पौडेल खुर्र दौडेर आमाको दुध खान जाने अनि आएर पछार्नु हुदो रहेछ । यहि प्रशंगलाई मदन भण्डारीले पछि सम्म बताउदै आमाको दुधमा शक्ति हुनाले बच्चालाई नियमित स्तनपान गराउन उत्प्रेरित गर्नुहुदो रहेछ ।
बाल्यकालदेखिनै निडर मदन भण्डारी
बाल्यकालदेखिनै मदन भण्डारी निडर र शाहशी हुनुहुन्थ्यो । भूत प्रेतमा त उहाँलाई रत्तिभर पनि बिश्वास थिएन । साथीहरू सँग कतै गएर फर्कदा रातपरयो भने सिटा बालेर घरमै पुरयाउन जानुहुन्थ्यो तर फर्कदा उहाँ एक्लै फर्कनुहुन्थ्यो । यति राती एक्लै कसरी जानुहुन्छ भन्द मलाई डर लाग्दैन,म जान्छु चिन्ता नगर्नुहोला भनेर एक्लै फर्कनुहुन्थ्यो । २०२० सालतिर उहाँका ठूलो बुबा बित्नुभयो । त्यतिबेला केटाकेटी मान्छे मरेको भनेपछि डराउथे,छेउमा जादैनथे,मलामी जाने त कुरै भएन । ११ बर्षका मदन त लास बोकेर मलामी जानुभएछ । गाँउघरका मान्छे छक्कै परेका थिए । उहाँ साथीहरू सँग घुएत्रो हानी खेल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो यो घुएत्रो हानेर आकाश देखि पानी पारिदिन्छु ।
किसानले काम गरेकै ठाँउमा प्रशिक्षण
भूमिगत कालमा मदन भण्डारीको प्रशिक्षण गर्ने गज्जवको प्रभाबकारी शैली रहेछ । गाँउमा गयो किसान जे गर्दैछन त्यहि काम गर्न थाल्यो त्यहिँ प्रशिक्षित गरायो । मदनलाई कहिले पटुवा गोडीरहेको, कहिले घान काटिरहेको,कहिले दाउनी गरिरहेको,कहिले दाउरा चिरिरहेको देखिने गरेको उहाँका बालसखा राज पौडेलले जानकारी दिनुभयो । शिबराज पौडेलका अनुसार जसरी किसान काम गदैछन त्यहिकाम गरेपछि प्रहरी प्रशासनले घरपकड गर्ने संभावना नै भएन ।
जनताको काम पनि हुने प्रशिक्षण पनि दिइने गज्जबको शैली मदन भण्डारीले अबलम्बन गरेको पाइन्थ्यो । उहाँ सर्बसाधारणको घरमा गएर खाना खानुहुन्थ्यो खाएको थाल बटुका आफै माझनुहुन्थ्यो । केहि न केही काम नगरि त बस्दै नबस्ने स्मरण गर्नुहुन्छ बालसखा पौडेल । पौडेल भन्नुहुन्छ महासचिब भईसकेपछि पनि केहि कार्यक्रम गर्नुपरयो भने स्टेजमा बिभिन्न कुराहरू मिलाउने गरिहनुहुन्थ्यो ।
प्रतिक्रिया