आज नेपाली जनताका अत्यन्तै प्रिय आदरणीय जननेता मदन भण्डारीको ७१औं जन्मदिन । यस घडीमा म उहाँप्रति आदर, सम्मान, श्रद्धा अर्पण गर्न चाहन्छु । उहाँले नेपाली समाजका लागि जे दिनु भएको छ, सबैभन्दा महत्वपूर्ण विचार । त्यसका निम्ति उहाँप्रति नेकपा एमालेको तर्फबाट र प्रगतिगामी, न्यायपूर्ण र समृद्ध समाज बनाउनु पर्छ भन्ने सबै जनताको तर्फबाट आभार पनि व्यक्त गर्न चाहन्छु ।
आज यस सन्दर्भमा हामीले अलिकति विचार गोष्ठि जस्तो पनि राखेका छौं र सम्मान गर्ने कार्यक्रम र सम्मानीत गर्ने कार्यक्रममार्फत कृषि र शिक्षा क्षेत्रका महत्वपूर्ण पक्षहरुमा प्रकाश पनि पार्ने काम भएको छ । सँगसँगै कार्यक्रमलाई हामीले उल्लासमय, जागरणयुक्त र संकल्पयुक्त बनाउने पनि काम गरेका छौं । यी सबै पक्षको म तारिफ गर्न चाहन्छु, प्रशंसा गर्न चाहन्छु । फेरि एक पटक म सम्मानीत हुने राईज्यू जसले कृषि क्षेत्रमा मैले दो¥याइरहनु पर्दैन के गरिरहनु भएको छ ? किन गर्नु भएको छ र त्यो उहाँले गरिरहेको काम के हो ? भन्ने कुरा उहाँ आफैँले बताइसक्नु भएको छ । म त्यसमा फेरि दो¥याएर जानु पर्ला जस्तो लाग्दैन । उहाँले गरिरहेको काम र त्यस काममार्फत उहाँले देखाउनु भएको बाटो, उहाँले पु¥याउनु भएको योगदान अत्यन्तै प्रशंसनीय छ । त्यसको म प्रशंसा गर्न चाहन्छु, कदर गर्न चाहन्छु । आपूmले सम्मान प्राप्त गरेको सन्दर्भमा जुन विचारहरु उहाँले व्यक्त गर्नु भएको छ, मैले धेरै गोष्ठिहरुमा यति संक्षिप्तमा यति गहन विचारहरु कृषि क्षेत्रको सन्दर्भमा, कृषिको आधुनिकीकरणको सम्बन्धमा विद्धत वर्गबाट पनि कम सुनेको छु । जुन अत्यन्त छोटकरीमा यति महत्वपूर्ण कुराहरुतर्फ उहाँले हाम्रो ध्यानआकर्षित गर्नुभएको छ । त्यो असाधारण छ । उहाँका हरेक शब्दहरु छापिएका सिक्का झै थिए । र, ती बजारमा चल्ने खालका थिए र तिनीहरुले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्ने खालका थिए । यस विषयमा अरु धेरै नभनिकन उहाँलाई बधाई भन्न चाहन्छु, शुभकामना भन्न चाहन्छु ।
मेरो विचारमा मलाई लाग्छ अर्को दिशावोधमा अथवा अर्को कुनै सन्दर्भमा उहाँका आजका विचारहरुको उतार अवश्य प्रकासित हुनेछ र ढिलो नगरिकन यो ढिलो गरेर होइन, ढिलो नगरिकन अब प्रशारित गर्न जरुरी छ । अर्को शिक्षाको क्षेत्रमा एउटा नयाँ प्रेरणा स्कुल साँच्चैको प्रेरणाको रुपमा रहेको हामीले सुन्यौं, पायौं । यस सन्दर्भमा म चालिसेज्यूलाई गरेको सम्मान उपयुक्त ठाउँमा उपयुक्त पात्रले प्राप्त गर्नु भएको छ भन्ने ठान्छु । म उहाँलाई बधाई भन्न चाहन्छु, उहाँको कामको प्रशंसा गर्न चाहन्छु । उहाँको प्रेरणा परिवार वास्तवमा एउटा नयाँ केही कामहरु नयाँ ढंगले गर्ने त्यो उत्साह, त्यो आत्मविश्वास र केही गरौं देशका लागि भन्ने भावना त्यसभित्र देखिन्छ । शिक्षाको ज्योति कुनै हिसाबले कुनै कारणले निश्चित समयावधिभित्र, निश्चित उमेरभित्र प्राप्त गर्नबाट वञ्चित भइयो भने पनि ढिलो भएपछि हुँदैन, त्यसकारण ढिलो भयो भनिए पनि ढिलो भएको हुँदैन र त्यसलाई फेरि प्राप्त गर्ने कोसिस गर्नु पर्छ । त्यसका निम्ति महिला दिदीबहिनीहरुलाई प्रेरणा दिने, जागरुप बनाउने र त्यसको प्रतिफलको पनि उहाँले व्याख्या गर्नु भयो यो यो ठाउँमा, यस्ता यस्ता ठाउँमा पनि हाम्रा उत्पादनहरु पुगेका छन् है । हाम्रो उत्पादनले राम्रो बजार पाएको छ भन्ने कुरा उहाँले विभिन्न कार्यालय, विभिन्न ठाउँहरुमा आफ्ना विद्यालयका विद्यार्थीहरु आज कहाँ कहाँ पुगेका छन्, कुन कुन हैसियत प्राप्त गरेका छन्, के के सफलता प्राप्त गरेका छन् भन्ने कुरा पनि उहाँले बताउनु भएको । म यस्ता प्रेरणादायी काम गर्ने व्यवहारिक रुपमा समाजलाई समाजको परिवर्तनका लागि नेतृत्व गर्ने नेतृत्वदायी व्यक्तिहरुको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । उहाँहरुको छनोटका लागि छनोट समितिलाई धन्यवाद भन्न चाहन्छु । उहाँहरुको पनि प्रशंसा गर्न चाहन्छु । छनोट सजिलो कुरा हुँदैन । छनोट धेरै जटिल कुरा हो । उहाँहरु दुई जनाले मात्रै काम गर्नु भएको छ भन्ने होइन । कृषि क्षेत्रमा कृष्ण राईजीले मात्र काम गर्नु भएको छ भन्ने होइन, अरु पनि थुप्रैले गरेको होला । त्यस मध्ये छनोट हो । किसान महासंघले विभिन्न प्रशिक्षण कार्यक्रमहरु, तालिम कार्यक्रमहरु, सीपमूलक तालिम कार्यक्रमहरु, कृषिसम्बन्धी सञ्चालन गर्दा कृष्ण राईजीलाई लिएर जानू र किसानहरुको एउटा राष्ट्रिय गुरु बनाउन जरुरी छ । उहाँले त्यो काम गर्न सक्नु हुन्छ र उहाँको कृषिसम्बन्धी बुझाई धेरै गहिरो मैले पाएँ । यस अभियानलाई लिएर जान जरुरी छ । अहिलेसम्म पनि प्रेरणादायी विद्यालयहरुको जरुरी छ । किनभने अहिले पनि बालबिबाह, गरिबीका कारणले कलिलो उमेरमा शिक्षाबाट वञ्चित भएका महिलाहरु थुप्रै हुनुहुन्छ । उहाँहरुलाई शिक्षाबाट वञ्चित भएको भई गर्नु पर्ने अवस्थाबाट बाहिर निकाल्न जरुरी छ । त्यसका निम्ति यस्तो व्यक्तित्वहरु एउटा प्रेरक व्यक्तिको रुपमा एउटा अभियन्ताको रुपमा परिचालित हुन जरुरी छ । आज देश विदेशका खर्चहरुबाट अभियन्ताहरु, कर्मीहरु विभिन्न भेटिन्छ तर प्रतिफल चाहिँ के निस्कियो अभियन्ताहरुबाट ? कतिले स्नातक गरे ? कतिले स्नातकोत्तर गरे ? वा कतिले जीवनस्तरमा परिवर्तन ल्याए ? यो त्यति साह्रो बाहिर आएको छैन । अभियान प्रेरणामुखी हुनुपर्दछ । अभियानहरु जीवनलाई परिवर्तन दिने खालका हुनुपर्दछ । अभियान आपूm अगाडि लागेर गर्नु पर्छ । अभियान, दृष्टान्त, नमुना, उदाहरण प्रस्तुत गरेर सञ्चालन गर्नु पर्दछ । अभियान नविन्ताउन्मुख, परिवर्तनउन्मुख, रुपान्तरणउन्मुख हुनु पर्दछ । अभियानहरु खाली सैद्धान्तिक अयिभान त्यस्ता कुराहरुको मात्रै अर्थ हुँदैन । अभियान रचनात्मक हुनुपर्दछ, सिर्जनात्मक हुनुपर्दछ र तिनले समाजलाई सकारात्मक प्रतिफल दिनु पर्दछ । चिनियाँ लेखक लुसुनले एउटा निबन्ध लेख्नु भएको छ, निबन्ध भन्दा पनि कथा भने हुन्छ –‘नोराले घर छोडेपछि के भयो ?’भन्ने । एकजना कुनै विद्धानले लेखेका हुन्छन्, समाजमा रहेको असमानता, महिला र पुरुषमा भएका असमानतालाई हेरेर, देखेर, त्यो अनुभुति गरेर विद्रोही भएर नोराले घर छोड्छिन् । तर घर छोडेर के भयो त त्यसपछि ? लुसुनले त्यसपछि नोराले घर छोडेपछि के भयो भन्छन् ? त्यसपछिको कथा, त्यसपछिको निबन्ध लुसुनले सुरु गर्छन । नोराले विद्रोह गरिन, घर छोडिन । एउटा धक्का भयो, एउटा क्रमभंग भयो, एउटा छलाङ पनि भयो होला, तर त्यसपछि के भयो ? महाविपत्ती । महाविपत्ती भन्दा पर केही पनि निस्किएन । किनभन्दा नोराले घर छोडेपछि कहाँ गइन ? उनमा एउटा जागरण आयो कि यो असमानता भयो भन्ने बुझिन । असमानता ठीक छैन, असमानता सहनु हुँदैन । तर समानताका निम्तिको वास्तविक परिणाम दिने र सकारात्मक परिणाम ल्याउने त्यस्तो उपलब्धिपूर्ण विद्रोह, त्यस्तो उपलब्धिपूर्ण जागरण र त्यो जागरणले ल्याउने परिवर्तनको प्रयास चाहिँ कस्तो हुनुपर्छ ? नोराले घर छोडेर कहाँ गइन ? माइत । अनि माइतीमा चाहिँ वेग्लै समाज छ र ? त्यहाँ समानता छ र ? उनको घरमा मात्रै असमानता हो र ? माइतमा पनि उस्तै छ । माइत जान हिँडेकी छिन् भने अलिक परतिर पुगेपछि उनले सोच्न सक्छिन्–माइतमा पनि त उस्तै हो । आखिर महिला र पुरुषको बीचमा समानता त छैन । उनको कदम रोकिन्छ । उनी साथीको घरतिर मोडिन्छिन् । साथीको घरमा चाहिँ असमानता नभएको हो र ? फेरि त्यहाँ पनि उस्तै छ । त्यहाँ पनि किन जाने ? त्यता पनि उनको कदम रोकिन्छ । अब कहाँ जाने ? धर्मशालातिर ? त्यहाँ पनि उस्तै असमानताका पीडितहरु छन् र त्यहाँ पनि असमानता छ, कहाँ जाने ? अथवा असमानता छ भनेर छोडेर, भागेर हुँदैन । असमानताका विरुद्ध संघर्ष गर्नु पर्दछ र त्यसलाई समानतामा ल्याउनु पर्दछ । उहाँहरुले(कृष्ण राई) बेठीक भइरहेको देख्नु भयो, परम्परागत खेतीले प्रतिफल नदिएको देख्नु भयो । ५५ रुपैया लगानी गरेर खेती ग¥यो भने त्यसको ३५ रुपैया मात्रै फिर्ता आउँछ, प्रतिफल ३५ मात्रै आउँछ अथवा घाटा हुन्छ । तर यो यस्तो व्यापार हो, यो यस्तो उद्योग हो जो सबैभन्दा आधारभुत, सबैभन्दा महत्वपूर्ण जहाँ सबै मानिसको जीवन अडेको छ । खानेकुरा बिना त कोही पनि बाँच्दैन । अरु कुरा भनेका त जीवन पछिका कुरा हुन्, बचाइ पछिका कुरा हुन्, बाचे पछिका हुने कुरा हुन् । त्यसकारण सबैभन्दा आधारभुत उद्योग त कृषि नै नै । सबै भन्दा ठूलो उद्यम के हो ? सबै भन्दा प्राथमिक आवश्यकता के हो ? खाना हो ।
तसर्थ यो उहाँले भागेर हिँड्नु भएन, त्यसमा परितर्वन ल्याउनु भयो । अर्थात् उहाँको काम, उहाँका विचारहरुमा म परिवर्तनको सन्देश देख्छु, दृढताका सन्देश देख्छु, त्यसमा अठोट देख्छु र यसलाई आधुनिकतामा लानु पर्दछ, आधुनिकता भनेको केमिकल फर्टिलाइजर होइन । केमिकल फर्टिलाइजरले डिभास्टेशन तिर लान्छ । मान्छे बिरामी भयो भन्नु भयो नि, म आफैँ बिरामी हुन थाले । त्यसका अनेक दुषपरिणाम देखिए । सबैभन्दा पहिले दुषपरिणाम माटोमा पर्छ । पहिले माटो बिरामी हुन्छ । अनि बिरामी माटोले बिरामी खोनकुरा पैदा गर्छ । अनि माटो मर्छ, जब माटो मृत्युतिर लाग्यो, त्यसपछि उत्पादन घट्दै घट्दै गयो । उहाँले उत्पादन घट्दै गएको कुराहरु सुनाउनु भयो । त्यो भनेको माटो बिरामी भएर मृत्युको बाटोतिर लाग्यो । माटो जीवित हुन्छ । त्यसभित्र ब्याक्टेरिया हुन्छन्, त्यसभित्र गड्यौला बसेका हुन्छन्, त्यसभित्र अनेक चिज हुन्छन्, किनभने त्यो जीवित हुन्छ । यदि माटो जीवित भएन भने मृत भइसकेपछि कसैले केही उत्पादन गर्न सक्दैनन् । पुनःउत्पादनका लागि जीवन चाहिन्छ, जीवित हुनुपर्छ । मृत भइसकेपछि त्यहाँ अर्कै प्रक्रिया सुरु हुन्छ । त्यो जीवनको निरन्तरताको, त्यसको रुपान्तरणको वा हस्तान्तरणको प्रक्रिया हुँदैन । त्यसले दिने उत्पादनको हुँदैन । अर्को प्रक्रिया सुरु हुन्छ । जेहोस् यो आधुनिकीकरणसँग सम्बन्धित छ । यहाँ नोराले घर छोडिनन्, नोरालाई घर छोड्ने प्रेरणा दिइँदैन । नोराले घर छोड्ने होइन । नोरा संघर्ष गर्छिन्, परिवर्तन ल्याउन्छिन्, घरमा परितर्वन ल्याउन्छिन्, समाजमा परिवर्तन ल्याउन्छिन् र दिशाहीन विद्रोह होइन, आर्दशहीन, गन्तव्यहीन विद्रोह होइन ।
जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नु भयो । यसो, ध्यान गरेर, चिन्तन् गरेर कसो गर्दा यी मनुवाहरुको कल्याण होला भनेर होइन । यो विचार अघि कृष्ण राईजीले कृषिको सम्बन्धमा जसरी आफ्ना अनुभवबाट उम्रिएका विचारहरु बहुत सटिक ढंगले प्रस्तुत गर्नु भयो । संघर्षको मैदानबाट उहाँले संघर्षका क्रममा, २५ वर्ष संघर्षका क्रममा उहाँले निकालेका निष्कर्षहरु हामीलाई सुनाउनु भयो । मदन भण्डारीले आपूm, आफ्ना संघर्ष, आफ्ना भोगाइहरु, संघर्षका क्रममा आपूmले भोगेका भोगाइहरु र संघर्षका के का लागि ? के थियो कार्यक्षेत्र भन्दा कार्यक्षेत्र देश थियो । एउटा विधा, एउटा विषय मात्रै होइन, कार्यक्षेत्र सम्पूर्ण देश थियो । मदन भण्डारीले पलिहे देशको सामान्यता एउटा प्रोफाइल तयार गर्नु भयो कि मेरो देश कहाँनिर छ ? कस्तो छ ? भूगोल कस्तो छ ? जनसंख्या कस्तो छ ? समस्या कस्ता छन् ? समस्याहरु के छन् ? त्यसको डाइग्नोसिस गर्नु भयो । समस्याहरुको निधान गर्नु भयो । समग्रतामा अवस्था के छ ? त्यसको एउटा चित्र बनाउनु भयो । समस्याका कारण हुन्छन्, समस्या हुन्छन्, तिनको समाधान पनि हुन्छ । राष्ट्रिय रुपमा समाज परिवर्तनका निम्तिका संघर्षहरुका अनुभवहरुलाई लिएर र राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा मानव जातिले गरेका उहिलेदेखि अहिलेसम्मका चिन्तनका, व्यवहारका संघर्षका अभ्यासहरु तिनीहरुलाई हेरेर मदन भण्डारीले जनताको बहुदलीय जनवाद त्यसको निष्कर्षको रुपमा प्रतिपादन गर्नु भयो । अर्थात् भनौं, उहाँको अगुवाईमा नेकपा एमालेले जनताको बहुदलीय जनवादको प्रतिपादन ग¥यो । यो व्यवहारबाट पृथक रहेर होइन, व्यवहारबाट । संघर्षबाट पृथक रहेर होइन, संघर्षबाट । कतिपय मान्छेहरु व्यवहारबाट आपूmलाई अलग राखेर चिन्तक हुन खोज्छन् । जुन विषयको चिन्तन हो, त्यस व्यवहारसँग त्यसलाई गाँसिएन भने त्यो चिन्तन सतही चिन्तन हुन्छ, अव्यवहारिक चिन्तन हुन्छ र त्यो चिन्तन चाहिँ न व्यवहारमा प्रयोग हुनसक्छ, न त्यसले व्यवहारलाई परिपक्क बनाउँदै लानसक्छ, न व्यवहारको त्यो मार्गदर्शक हुनसक्छ । केही पनि हुन सक्दैन । मदन भण्डारीले वर्ग संघर्षको क्रममा यो सिलसिला, विचार निर्माणको सिलसिला, अगाडि बढ्ने सिलसिला, संघर्षबाट निस्किने निष्कर्षहरुको सिलसिला उस्तैउस्तै हुन्छन् । आफ्ना र अरुका पनि विचार, व्यवहार, प्रयास, संघर्षहरुको विश्लेषण गरेर त्यसका निष्कर्षहरु निकाल्ने जननेता मदन भण्डारीले पनि त्यही चिज गर्नु भयो र जनताको बहुदलीय जनवाद भनेर निकाल्नु भयो ।
कतिपय मानिसले यसलाई त्यति बेलाको संकट मोचनको कुरा मात्रै ठाने । के अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा तत्काल उत्पन्न भएका संकटहरु कसरी समाधान गर्ने भन्ने सन्दर्भमा मदन भण्डारीले यसरी विचारहरु निकाल्नु भयो । जनताको बहुदलीय जनवाद, जसले संकट मोचन ग¥यो भन्ने कुरा मात्रै सोचे अथवा त्यस ढंगले त्यस तहमा मात्रै सोचे । त्यो कुरा एउटा तत्कालीन परिस्थिति, तत्कालीन संकटहरु पनि जनताको बहुदलीय जनवादको प्रतिपादनका प्रेरक तत्व हुनसक्छन् । त्यति बेलाको परिस्थितिको कुनै मतलब थिएन होइन । त्यो परिस्थितिको मतलब थियो र त्यस परिस्थितिको पनि सामना गर्नु थियो । तर प्रश्न त्यस परिस्थितिको सामना मात्रै होइन । कम्युनिष्ट आन्दोलनलाई भनेको सामाजिक न्याय र समानतासहित समृद्धिको, विज्ञान प्रविधिको उन्नतीको तिनीहरुको सदुपयोगको र तिनीहरु सबैलाई अधिकार, अवसर, शान्ति, सम्मान, विज्ञान प्रविधिले पु¥याएका अथवा हासिल गरेका उपलब्धिहरु ती सबै उपलब्धिहरुको सबै मानवसम्म पहुँच अथवा तिनको उपलब्धता यो चिज जरुरी थियो । हाम्रा प्रयासहरु त्यसका निम्ति हुन् ।
त्यसका निम्ति एकछिनको मात्रै विषय होइन, एक ठाउँको मात्रै प्रश्न होइन । त्यो सार्वभौम ढंगले राष्ट्रिय परिप्रेक्षमा अथवा अन्तर्राष्ट्रिय परिप्रेक्षमा विचारहरु अगाडि सारिन्छन्, प्रतिपादित हुन्छन्, कार्यान्वयन हुन्छन् र सही छन् भने व्यवहारको क्रममा निस्किएका सही निष्कर्षहरु हुन् भने ती सफलताका साथ अगाडि बढ्छन् । यदि सही निष्कर्ष होइनन् भने ती सफलताका साथ अगाडि बढ्न सक्दैनन् । त्यसो भएर सफलताका साथ अगाडि बढाउने सन्दर्भमा यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक परिवर्तनका, रुपान्तरणका प्रयासहरुको विश्लेषण गरेर जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्नु भयो अथवा प्रतिपादनको अगुवाई गर्नुभयो ।
यसको कार्यक्षेत्र खासगरी हामी जनताको बहुदलीय जनवाद विश्वव्यापी रुपमा लागु गर्न सक्दैनौं । हामी लागु गर्न सक्दैनौं । म जनताको बहुदलीय जनवाद कहाँ लागु हुन्छ, कहाँ लागु हुँदैन भन्दिनँ । तर हामीले नेपालमा लागु गर्न सक्छौं, अन्यत्र गएर लागु गर्न सक्दैनौं । अन्यत्रकाले यसको यदि सहीपना र यसको सफलताको अवश्यमभावितालाई बुझे भने यो वा त्यो प्रकारले कार्यान्वयन गर्न सक्छन् । तर हामी आफैँ गएर अन्यत्र कार्यक्षेत्र बनाउन सक्दैनौं, अन्यत्र लागु गर्न सक्दैनौं । हामीले लागु गर्ने नेपालमा हो । हाम्रो कार्यक्षेत्र, आफ्नो कार्यक्षेत्र, आफ्नो कार्यकाल स्वभाविक रुपमा निश्चित निर्धारित हुन्छ । हाम्रो कार्यक्षेत्र र हाम्रो समय, हामी भविष्यसम्मको पनि ठेक्का लिन सक्दैनौं । कसरी जान्छ आउँदो पुस्ताले गर्ने हो । हाम्रो समय आज हो, आजको समयमा हाम्रो कार्यक्षेत्र हाम्रो देश हो । यस देशमा हामी कार्यान्वयन गर्न सक्छौं र हामी त्यसैगरी जनताको बहुदलीय जनवादको कार्यान्वयन पनि गर्दैछौं । अरुअरु देशमा गएर, अरुअरु महादेशहरुमा गएर, अरु अरु परिस्थितिमा हामी कार्यान्वयन गर्न सक्दैनौं । अरु समयमा पनि हामी हुँदैनौं, हामी कार्यान्वयन गर्न सक्दैनौं । आजको समयमा यस देशमा हामी कार्यान्वयन गर्न सक्छौं र हामीले कार्यान्वयन गर्नुपर्छ किनभने यो विचार सही छ ।
जनताको बहुदलीय जनवाद प्रतिपादन हुँदा यो जबजको सिद्धान्त, यो विचार अगाडि सरेपछि नेपालमा के परिवर्तन आयो भनेर हामीले देखेका छौं । वास्तवमा विभिन्न पार्टीहरु उहिलेदेखि पार्टीहरु विक्रम सम्वतको अघिल्लै शताब्दीदेखि पार्टीहरु स्थापना त भए । तर सम्पूर्ण रुपमा पार्टीहरुले आफ्नो सही गन्तव्य यो हो भन्ने गन्तव्य ठीक ढंगले पहिल्याउन सकेका थिएनन् र कम्युनिष्ट पार्टीको स्थापना, काँग्रेस पार्टीको स्थापना अरु पार्टीको स्थापना जुनजुन पार्टीको स्थापना भएपनि तिनले परितर्वनको प्रबल आकांक्षा राखेका थिए । तर, वास्तविक गन्तव्य कस्तो हुनुपर्दछ ? गन्तव्य के हो ? त्यसको गन्तव्यमा कसरी पुग्ने ? भन्ने कुरा र त्यो गन्तव्यका मुलभूत कुराहरु के हुन् ? त्यसमा बढी स्पस्टता दिन सकेका थिएनन्, जुन कुरा जनताको बहुदलीय जनवादमा आइपुग्दा हामीले बढी स्पस्टताका साथ बाटोसहित दियौं । नेपाली समाजको गन्तव्य के हो ? यहाँका जनताभित्र, नेपालभित्र वा नेपाली भित्र रहेका वर्गहरु कस्ता छन् ? चिन्तन प्रणालीहरु कस्ता छन् ? पेशाहरु कस्ता छन् ? व्यवसायहरु कस्ता छन् ? तिनका मनसाय कस्ता छन् ? तिनका समस्या कस्ता छन् र तिनको समाधान कस्तो हुनसक्छ ? यी सबै विषयमा जनताको बहुदलीय जनवादले खास मार्गदर्शन गरेको छ । यो सिमित छैन जस्तो, प्रजापरिषद् स्थापना भयो । अत्यन्तै महत्वपूर्ण ऐतिहासिक काम भयो । तर प्रजापरिषद्ले गणतन्त्रतात्मक चेतसम्म वा जनगणतन्त्र हुनुपर्छ भन्नेसम्म त्यो समानताको विगुल फुकिहाल्ने बेला भएको रहेनछ । पछि अरु संस्थाहरु बन्दै गए । त्यसले पनि गणतन्त्रको कुरा गर्न सकेन । कम्युनिष्ट पार्टीको स्थापना पछि कम्युनिष्ट पार्टीले गणतन्त्र ल्यायो । सैद्धान्तिक तवरमा त्यो गन्तव्य भनियो । अब नीति कस्तोबाट जाने, परिस्थिति कस्तो छ भन्ने कुरा कहिले सशस्त्र संघर्षको वकालत गर्ने, कहिले सशस्त्र संघर्ष भनेको छुनै नुहुने भने । नेपाली काँग्रेस कहिले सशस्त्र संघर्ष ग¥यो आफैे पनि, सहभागी भयो । तर कहिले आपूmले सशस्त्र संघर्ष गर्दै नगर जस्तै यिनीहरु हिंसावादी, हतियार उठाउनेहरु आदि भनेर चर्चा गर्ने गर्छ र मौकापरस्त व्याख्या गर्ने गर्छ । सैद्धान्तिक स्पस्टता थिएन कहाँनिर कस्तो अवस्थामा हतियार उठ्छ, कस्तो अवस्थामा उठ्दैन । ती कुराहरुलाई जनताको बहुदलीय जनवादले बहुत स्पस्टताका साथ यदि समाजको परिवर्तन र रुपान्तरणका लागि शान्तिपूर्ण संवैधानिक बाटाहरु विल्कुल अवरुद्ध छन्, निहत्ता र असंगठित जनसंमुदायलाई संगठित र सशस्त्र राज्यसत्ताले तिनका आमहितहरुलाई, जायज हितहरुलाई दमन गर्नका लागि हिंसाको प्रयोग गरेर अवरोध खडा गर्छ भने समाज परिर्तनको र न्यायतर्फको यात्रालाई अवरोध गर्छ भने त्यस्तो अवस्थामा जनताले प्रतिरोध गर्न सक्छन्, प्रतिरोध गर्छ नै । जनतालाई कसैको इजाजत चाहिँदैन । इतिहासमा जनताले कहिल्यै कसैको इजाजत लिएको छैन, भलाइ परिवर्तन गरेको छ । जब शान्तिपूर्ण ढंगले परिवर्तनका सम्भावनाहरु छन् वा शान्तिपूर्ण ढंगले संवैधानिक बाटाहरु खुल्ला छन्, कहिले कहिले संवैधानिक बाटाहरु खुल्ला हुँदैनन् । तर संवैधानिक बाटा खुला नभए पनि शान्तिपूर्ण ढंगले ती संवैधानिक व्यवधानहरुलाई पनि पराजित गर्न सकिन्छ भने शान्तिपूर्ण बाटोबाट जान पर्छ । यदि प्रतिक्रियावादी शक्तिहरुको, जनविरोधीवादी शक्तिहरुको, परिवर्तनका बाधक शक्तिहरुको तागत जनताको शक्तिलाई परिवर्तनका निम्ति व्यवधान पु¥याउन सक्ने छैन भने, जनताको चेतना माथि उठिसकेको छ भने, जनता संगठित भइसकेको छ भने, जनता आन्दोलित भइसकेको छ भने र प्रतिक्रियावादी शक्तिहरु त्यस हैसियतमा छैनन् भने त्यहाँ हिंसा गरिरहनु पर्ने आवश्यकता छैन । जनताको सचेत, संगठित सक्रिय दवाबले परिर्तन हुनसक्छ । महात्म गान्धीको शान्तिको सिद्धान्त त्यस कुरामा आधारित थियो र नेकपा मालेले शान्तिपूर्ण बाटो लिँदाको सिद्धान्त पनि त्यसै कुरामा आधारित थियो, त्यही व्याख्यामा आधारित थियो र सामाजिक परितर्वनका निम्ति जनताको बहुदलीय जनवादले अगाडि सारेको सिद्धान्त त्यो पनि यसैमा आधारित थियो ।
जनताको बहुदलीय जनवादले राष्ट्रियता सम्बन्धी बडो स्पस्टता, दृढता र सक्रियता र लोकतन्त्रको सम्बन्धमा स्पस्टता के हो लोकतन्त्र भनेको, आपूm शासनमा हुने मात्रै लोकतन्त्र होइन । लोकतन्त्र भनेको एउटा प्रणाली हो । लोकतन्त्र भनेको प्रणालीको लोकतान्त्रिक ढंगले सुसञ्चालन हो । लोकतन्त्र भनेको सम्पूर्ण क्षेत्रमा न्यायोचितता हो, न्यायको स्थापना हो र अभ्यास हो । न्याय भन्नाले यसभित्र समानता पनि पर्छ । सबै प्रकारका असमानताको अन्त्य र समानताको स्थापना । न्यायभित्र त्यो पनि पर्छ । लोकतन्त्र भनेको सामान्य रुपमा भन्ने हो भने–व्यक्तिदेखि लिएर समाजको जीवन पद्धती हो । लोकतन्त्र भनेको खाली दल खोल्न पाउने कुरा होइन, प्रतिस्पर्धा गर्न पाउने कुरा होइन र प्रतिस्पर्धाका नाममा जसरी पनि जित्नै पर्छ, छोडौं अरु कुरा होइन । जसरी पनि होइन, न्यायोचित ढंगले जित्नु पर्छ । न्यायोचित ढंगले प्रतिस्पर्धा गर्नुपर्छ किनभने प्रतिस्पर्धा हुन्छ नै । प्रश्न दार्शनिक हिसाबले पनि प्रतिस्पर्धा–वनस्पतिमा पनि प्रतिस्पर्धा हुन्छ, अरुमा पनि प्रतिस्पर्धा हुन्छ, हरेक चिजमा प्रतिस्पर्धा हुन्छ र तिनीहरु अगाडि जान्छन्, जो प्रतिस्पर्धी क्षमता राख्छन् । सामाजिक हिसाबले भन्ने हो भने त्यसमा प्रतिस्पर्धी क्षमता बढी हुन्छ, जसमा न्यायोचितता हुन्छ । तर न्याय भन्ने बित्तिकै असंगठित र निष्कृय न्यायको प्रार्थना निरर्थक हुन्छ । न्याय संगठित र सक्रिय दवाबबाट सिर्जना हुन्छ । न्याय प्रार्थनाबाट प्राप्त हुने चिज होइन । यदि प्राथनाबाट मात्रै न्याय प्राप्त हुन्थ्यो भने समाज परिवर्तनका निम्तिका संघर्षहरु गर्नु पर्ने नै थिएनन् । त्यसकारण सचेत प्रयासहरु, संगठित प्रयासहरु र योजनाबद्ध प्रयासहरु परिवर्तनका सफलताका सर्तहरु हुन् । जसबाट मात्रै हामी न्यायपूर्ण लोकतान्त्रिक समाज स्थापना गर्न सक्छौं । शान्ति मानव समाजका निम्ति हो । मानव समाजमा अशान्ति कहाँबाट आउँछ भन्दा मानव समाजको विकृतिबाट अशान्ति पैदा हुन्छ । अशान्ति भनेको मानव समाजभित्र आएको विकृति हो । मानव समाजमा जब न्याय छोडिन्छ, जब स्वार्थलाई बढी महत्व दिइन्छ, जब आफ्नो स्वार्थ सब कुछ् हो, अरुका हितहरु केही होइनन्, अरुका न्यायोचित हित पनि केही होइन, आफ्नो स्वार्थ पूरा भएपछि पुग्यो जसरी होस् भन्ने मूल्य मान्यतामा गएपछि शान्ति खलबलिन्छ । अर्काको भाग खोस्न थालेपछि शान्ति खलबलिन्छ । अर्काको भागमा लोभ गर्न थालेपछि शान्ति खलबलिन्छ । अर्काको सफलतामा ईस्या र डाहा गर्न थालेपछि शान्ति खलबलिन्छ । किन आफ्नै मनमा पनि ईस्र्या डाहाले गर्दा अशान्ति पैदा हुन्छ । त्यसकारण यो अशान्ति भन्ने चिज नै मानवीय प्रवृत्ति, सचेत प्रवृत्ति र न्यायोचित प्रवृत्ति र त्यसबाट पैदा हुने चिज होइन । अशान्ति भनेको मानवीय इच्छाबाट होइन, मानवीय इच्छा जब विकृत हुन्छ, मानवीय आकांक्षाहरु जब विकृत हुन्छन् अथवा मानव समाजमा जब विकृति आउँछ, वैचारिक र व्यवहारिक रुपमा विकृति आउँछ तब हिंसा पैदा हुन्छ । यसर्थ जनताको बहुदलीय जनवादले मानव समाजमा विकृति होइन, सुकृति आउनु पर्दछ, न्यायोचितता छाउनु पर्छ । यसतर्फ जोड गर्छ । यसका निम्ति सुशासन । सुशासन भनेको राज्यको उपयुक्त ढंगको परिचालन अर्थात् राजनीतिको सही ढंगको परिचालन, राजनीतिको सही ढंगको परिचालन भएपछि सुशासन हुन्छ, भ्रष्टाचार हुँदैन , शान्ति सुव्यवस्था हुन्छ, कानूनको राज हुन्छ, सबैप्रति न्याय हुन्छ । तब राज्यको समुचित परिचालन भयो । त्यो जनताप्रति उत्तरदायी हुन्छ, जनताको सेवाका लागि राज्य हुन्छ र राज्यका सञ्चालकहरुले आपूmले मालिक होइन, जनताको सेवक ठान्छन् । त्यो शासन हुन्छ । हामीले जनताको बहुदलीय जनवाद भनेर किन भनिराखेका छौं भने– जनताको बहुदलीय जनवादले सुशासनको पक्षपोषण गर्दछ, समाजमा सुशासन हुनुपर्दछ भन्छ अथवा राजनीति ठीक ढंगले चलाइनु पर्छ भन्छ । राजनीति बेइमानी, छलछाम, धोका, राजनीति प्रचार, कुप्रचार, मान्छेमा भ्रम फिजाउने, अल्मल्याउने, मान्छलाई गुम्राह गर्ने, गलत सूचना दिने, गलत सूचनाबाट मान्छेलाई गलत बाटोमा धकेल्ने कुराहरु राजनीति र राजनीतिका अस्त्र हुनुहुँदैन । सुशिक्षा, सुचेतना, सुसूचना यस्ता कुराहरुबाट मानिसलाई सचेत बनाउनु पर्दछ र सचेत मानव एउटा सभ्यताको मार्गमा अगाडि जान्छ । हामी त्यस बाटोमा जानु पर्दछ ।
यस हिसाबले लोकतन्त्र राज्यमा सुशासनको पक्षमा हुन्छ । राजनीति ठीक ढंगले चल्नु पर्दछ र सरकार, सत्ता, राज्य लोकतान्त्रिक वा ठीक ढंगले चल्नु पर्दछ, न्यायोचित ढंगले चल्नु पर्दछ । जहाँबाट अरु बेथिति उत्पन्न हुन सक्दैन । यदि राज्य ठीक ढंगले चल्यो भने बेथिति उत्पन्न हुन सक्दैन । त्यस्तो अवस्थामा केही अशिक्षाका कारणले फेरि केही स्वार्थका कारणले वा केही बाह्य घुसपैठ आदिका कारणले अनेक प्रकारका अस्वस्थताहरु पैदा गर्न खोज्छन् समाजमा, सुशासन भाँड्न खोज्छन् । त्यस्ता कुराहरुलाई नियन्त्रण गर्नु पर्दछ र अलिकति नियन्त्रण बढी जनचेतना फैलाउने काम, अलिकति बढी नियन्त्रण सचेतनताको अभियान त्यो चिजको बाटो लिनु पर्दछ । जनताको बहुदलीय जनवादले भनेका कुराहरु ती हुन् ।
त्यसै गरेर आर्थिक क्षेत्रमा विकास, सामाजिक क्षेत्रमा विकास, आर्थिक क्षेत्रमा विकास भनेको उत्पादन, उत्पादोगत्वमा वृद्धि र समाजलाई सम्पन्न बनाउने कुरा मात्रै होइन, समाजको हरेक पक्ष, हरेक व्यक्ति पछाडि पर्नु हुँदैन । पछाडि परेकालाई पनि अगाडि ल्याइनु पर्दछ र कमसेकम मानवोचित, जैविक र प्राकृतिक, न्यायोचित आवश्यकताकाहरुको परिपुर्ति हुने तहसम्मको मानवोचित तहमा आर्थिक समृद्धिलाई पु¥याउनु पर्दछ । खाने लगाउने, छोराछोरी पढाउने, स्वास्थ्य, शिक्षाजस्ता कुराहरुदेखि लिएर आधुनिक सुविधाहरुसम्म विज्ञानले हिजो नदिदा हामी तराईतिर बस्दा पंखा नै हम्किन्थ्यौं होला । जाडोतिर बस्दा आगो बाल्थ्यौं वा उनमा लट्पटिन्थ्यौं होला वा न्यानोपनका लागि केही गर्दथ्यौं होला । आज त एसीको जमाना छ नि कति तापक्रममा लगाउने भनेर । अब यो चाहिँ आज विज्ञानले उपलब्ध गराएका सुविधाहरु ती चिजहरु उपलब्ध गराउनु पर्दछ, प्राप्त हुनु पर्दछ हरेक मान्छेलाई । बाटा खनेका छन् भने गाडी कुदाउन किन नपाउने ? प्लेन चलेका छन् भने त्यसमा टिकट काटेर उड्न किन नपाउने ? बस चलेका छन् भने त्यसमा टिकट काटेर चढ्न किन नपाउने ? रेल चल्नु प¥यो, रेल चलेको. छ भने टिकट काटेर हिँड्न किन नपाउने ? यो सबै स्थितिका लागि मान्छे सक्षम हुनुपर्छ । हरेकले रेल किन्न सक्नु पर्छ, प्लेन किन्न सक्नु पर्छ भन्ने छैन हरेकले किन्ने विषय पनि होइन । सार्वजनिक यातायात त्यसैकारण हुन्छ । विकसित भएपछि आवश्यकताहरु पनि परिवर्तन हुन्छन् । न्युयोर्क जस्तो ठाउँमा भन्ने हो भने सौखका लागि गाडी कसैले राख्ला तर गाडीको न्युयोर्क भरिका लागि गाडीको आवश्यकता नै पर्दैन । हरेक दुई मिनेट हिँड्दा रेलको स्टेशन छ । त्यहाँ गएपछि हरेक कुनामा सबैभन्दा छिटो पुगिन्छ न ट्राफिक, न केही कुनै झमेल केही पनि छैन । दुई मिनेट स्टेशनसम्म जान लाग्ने हो । त्यसकारण मान्छेले निजी कार भरसक राख्न चाहदैनन् किनभने निजी कार राख्यो भने एक घन्टा वा दुई घन्टा ट्राफिकमा पर्नु पर्छ, बाटो घुम्दाघुम्दै ठीक हुन्छ । रेलले सरर एकैछिनमा पु¥याउँछ, अत्यन्त सस्तोमा पु¥याउँछ । न दुर्घटनाको सम्भावना, न केही । कतै ठोकिएला भन्नु पनि छैन, केही पनि छैन । त्यसो भएर आवश्यकता परिपुर्ति हुँदै जादो रहेछ । गाडी किन्दैन मान्छे, रेलबाट यात्रा गर्छ । अर्थात् मैले अघि भनेँ– जैविक आवश्इकता र मानवीय आवश्यकताको न्यायोचित परिपुर्ति हुने स्थिति र आर्थिक उन्नती यसका निम्ति अरु विभिन्न पक्षहरु मैले भनिरहनु परेन । पूर्वाधारका विकास, विद्युत्का विकास, सञ्चारका विकास, विज्ञान प्रविधिका क्षेत्रको विकास यो सबै भनिरहनु परेन । मानवीय र जैविक आवश्यकताको परिपुर्ति गर्ने गरिका विकासका कुराहरु र यो विकासको, उपलब्धिको वितरण पनि समुचित ढंगको वितरणसहितको सामाजिक व्यवस्था नै जनताको बहुदलीय जनवाद हो । जसलाई हामीले समाजवाद भन्ने गरेका छौं, समाजवादउन्मुख भन्ने गरेका छौं । कतिपय मान्छेहरुले नबुझेर भन्ने गरेका छन्– जनताको बहुदलीय जनवादले समाजवादको परिकल्पना गरेको छैन भनेर । कमसेकम जबज यसो बुझ्न खोजे हुन्थ्यो, पढ्न खोजे हुन्थ्यो । एक घन्टा समय निकाल्यो भनेदेखि त्यति कुरा बुझ्न त एकघन्टाको अध्ययन काफी हुन्छ । पाँचौ महाधिवेशनले पारित गरेको कार्यक्रम जनताको बहुदलीय जनवाद भनेर, त्यति मात्रै पढ्यो भने समाजवादसम्मको, समाजवादमा कसरी पुग्ने, यसले मानिस रहिनजेल यसैले मार्गदर्शन गरिरहन्छ भन्दैन, त्यसको परिमार्जन हुन्छ । तर, समाजवादसम्म कसरी पुग्ने ? समाजवादको प्रारम्भिक चरणसम्म कसरी पुग्ने ? अहिलेको मौजुदा स्थितिबाट समाजवादसम्म कसरी पुग्ने भन्ने कुरा देखाएको छ । यसरी जनताको बहुदलीय जनवादले समाजको सामाजिक न्याय र समानता, सामाजिक उत्थान, अन्धविश्वासबाट वैज्ञानिक चेतना मान्छेमा आउनु प¥यो र असमानतालाई स्वतः स्वीकार्ने खालका दासमनोवृत्तिबाट मान्छे समानताको चेतना, प्रतिस्पर्धाको चेतना, मानवीय मूल्य, महत्ता, गरिमाको चेतना त्यो आउनु प¥यो । अहिले पनि मान्छेलाई के छ भने जनताका छोराछोरी पनि राष्ट्रपति हुने ? कसरी मान्न सकिन्छ ? अब त यहाँ पल्ला घरको दमाइको छोरा÷छोरी पनि राष्ट्रपति हुने खतरा पैदा भइसक्यो, कसरी मान्ने भन्ने पनि छन् । अनि एउटा कुलीन घरनाको जन्मिदै जस्तो सुकै होस् राजा हुने परिपाटी स्वीकार्ने, घरना चाहिने, कूल चाहिने तर जनताका छोराछोरी हुन नुहने । लुटेर स्थापना गरेको राज्य, लुटको राज्य, लुटको सत्ता मान्य हुने, पुजनीय हुने । प्रतिस्पर्धाबाट जनता आएको कुरा मानवीय महत्ता र गरिमा स्वीकार्य नुहने यस्तो चेतना पनि अहिलेसम्म हाम्रो समाजमा छ । यस पछौटे चेतनालाई हामी वैज्ञानिक वा सामाजिक चेतना भन्न सक्दैनौं । यो समाजवादी चेतना होइन, यो सामन्ती चेतना हो, पछौटे चेतना हो । यस्ता कुराहरुको अभियन्ता जनताको बहुदलीय जनवाद वैचारिक अभियन्ता हो । जनताको बहुदलीय जनवाद लिएर हामी यस्ता कुराहरुको विरुद्धमा, सचेतना अभियानमा अगाडि जानु पर्दछ र समाजलाई परिवर्तन गर्न सकिन्छ ।
अब राष्ट्रियताको सबालमा मैले अघि भनेँ । हुनत यो राष्ट्रियताको सबाललाई मान्छेले यस्तो सस्तो बनाएका छन् । एकजना नेताले पटक पटक भनिराखेका छन् यो केपी ओलीको समयमा एसपीपी अथवा स्टेट पार्टनरसिप प्रोग्राम केपी ओलीको समयमा ल्याएको थियो, अन्तर्राष्ट्रिय रुपमा पनि ढाटिराखेका छन्, राष्ट्रिय रुपमा पनि ढाटिराखेका छन् केपी ओलीको समयमा ल्याएको थियो, अहिले मैले भूमिका खेलेर, मैले रोकाए भनेर । यो भन्दा बढ्ता ढाटको रुप, यो भन्दा बढ्ता फटाइ के हुन्छ ? वास्तवमा गल्ती भयो भने गल्ती भयो भन्दा भइहाल्छ । गल्ती हुनसक्छ, त्यो स्वीकार्न पाइन्छ, सकिन्छ ।
प्रसंगवस कुरा आइहाल्यो राष्ट्रियताकोे सवालमा । राष्ट्रियता भन्ने चिज, तमासा गर्ने चिज, हाउभाउ गर्ने चिज, नखरा पर्ने चिज, अभिनय गर्ने चिज, झुक्याउने चिज, धोका दिने चिज होइन । राष्ट्रियता भनेको आफ्नो देश, आफ्नो भूगोल, आफ्नो राष्ट्र, आफ्नो राष्ट्रियता, आफ्नो जनता, आफ्नो सभ्यता, आफ्नो संस्कृति, आफ्नो समाज भूगोलदेखि आफ्नो समाजसम्मका सम्पूर्ण पक्षहरुको समग्र हितमा तलमाथि पर्न नपाओस्, त्यसको अस्तित्वको रक्षादेखि लिएर हितको रक्षा, सुरक्षासम्मका सबै कुरा हुन पाउन् भन्ने कुरा हो ।
एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो । उहाँहरुले नै पास गर्नु भयो । अरुका बारेमा त चर्चा नै गर्नु परेन नि, स्पस्ट छ । उहाँहरुले सम्झौता गर्नु भयो, उहाँहरुले पास गर्नु भयो । बीचमा वातावरण उधुमसँग यस्तो बिर्गानु भयो, किन त्यत्रो हल्लाखल्ला गरेर उफ्रिनु परेको थियो ? किन सडक भत्काउनु परेको थियो ? किन प्रहरीसँग झडप गर्नु परेको थियो ? किन बाटोमा हिँड्ने मान्छेलाई ढुंगा हान्नु परेको थियो ? सबैभन्दा बढी त माओवादीले ग¥यो कुरा । प्रचण्डको निर्देशनमा मान्छेले गरे नि त्यो कुरा । किन गर्नु परेको थियो ? अरु अघिपछि छोड्दिऔं, अस्ति सेप्टेम्बर २९ मा एमसीसीलाई पत्र लेख्ने प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई अस्ति सेप्टेम्बर २९ मा चार पाँच महिनाको समय देउ, सरकारी खर्चमा मान्छेलाई लट्पटाएर हामी पास गराउँछौं त्यही छ त लेखेको । सरकारी खर्चमा सबैलाई लट्पटाएर पत्रकार सत्रकारलाई पनि किनकान गरेर सबै लट्पटाएर हामी पास गराउँछौं भन्ने लेखेका छन्, त्यो पत्रमा । यहाँहरुले पढ्नु भएको होला । शब्दानुभाव नभएर मेरो कुरामा भावानुभाव भएको हुनसक्छ तर कुरा यही हो । अनि अर्कोतिर पास हुँदै हुँदैन भनेर उहाँहरुले अन्तर्राष्ट्रिय तवरमा झुट बोलेर आउनु भयो, दोहोरो भूमिका खेलेर आउनु भयो र अन्तिममा…मैले पहिलेदेखि भनिराखेको थिएँ– तपाईंहरुले अघिल्लो पंक्तिमा बसेर हुन्छ, हुन्छ भनेर हात उठाएर कराउनु हुनेछ, पास गर्नु हुनेछ । किनभने तपाईंहरुको कुरै त्यही हो । अनि सेप्टेम्बर २९ मा लेखेको छ पाँच महिना । पाँच महिना पुग्न एक दिन अगाडि २८ फेबु्रवरीका दिन उहाँहरुले पास गर्नु भयो । त्यो तय थियो त पाँच महिना । उहाँहरुले मागेको समय पाँच महिना । पाँच महिना उहाँहरुले भनेको जस्तो वातावरण बनेन होला, लाचार भएर पास गर्नु भयो अथवा लाचार देखिएर पास गर्नु भयो अथवा जनतालाई धोका दिएर पास गर्नु भयो । नेपाली जनतालाई किन गुम्राहमा राख्नु भयो ? यो राष्ट्रहित विपरीत छ भनेर किन उफ्रिनु भयो र पार्नु भयो ? सबैभन्दा बढी उफ्रिने त माओवादी थियो । अनि सभामुखकै पद जाने अवस्था भइसक्यो, अनि के गर्ने त एमसीसी पास गर्नु प¥यो भन्नु भयो । राष्ट्रहित विपरीत छ, यो देशद्रोही कुरा हो, राष्ट्रहित विपरीत छ, कुनै हालतमा हुनसक्दैन, यहाँ धुलो उड्छ, के हुन्छ आदि इत्यादि .. भयो, अनि के यो सभामुखको पदसँग साट्ने कुरा हो ? सभामुखको पद जाने भयो ! त्यसो भएपछि यस्ता कुराको साहारा लिने हो यस्तो तर्कमा ! उहाँहरुले भन्नु प¥यो नि यो राष्ट्रिय हितको पक्षमा छ, त्यसकारण पास गरे अथवा राष्ट्रहितको पक्षमा छैन तरपनि पास गरे किनभने मलाई राष्ट्रहितको मतलब छैन, सभामुख जोगाउनु छ । उहाँहरुले त त्यही भन्नु भयो अन्तिममा । राष्ट्रहितको मतलब छैन, सभामुख जोगाउनु छ । त्यसकारण पास गरे । अहिले भन्दै हुनुहुन्छ कति बुद्धिमत्तापूर्ण, कत्रो बुद्धि हाम्रो ! दुनियाँलाई उफारियो, देशभक्तका नारा दिइयो, सडकमा लडाइयो, केके न गरियो, अन्तिममा आएर पास गराइयो । अहिले एसपीपीमा त्यस्तै कुरा गर्दै हुनुहुन्छ । एसपीपी प्रचण्डजी उहाँहरु सरकारमा हुनुहुन्छ, गर्न हुनेनहुने सबै काम गर्दै हुनुहुन्छ त । म उहाँहरुलाई भन्न चाहन्छु, एसपीपी दुईवटा कुरा । एउटा ः अहिले जुन ड्राफ्ट बाहिर आयो, जो बहुत खतरनाक छ । त्यो अहिले नयाँ ड्राफ्ट हो । यस्तो ड्राफ्ट पहिले आएको थिएन र यस्तो ड्राफ्ट माथि कुनै विचार विमर्श भएको थिएन । यस्तो ड्राफ्टको सन्दर्भमा कसैले पत्र लेखेको थिएन पहिले ।
एसपीपीका सन्दर्भमा असोज २ मा संविधान जारी भयो ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कोइराला भएका बेला सेनालाई स्वीकृति दिइयो । म प्रधानमन्त्री असोज २६ गते भएँ,मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ । तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ । पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ । टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ । म सरकारलाई टिपेक्स नलगाएको ओरिजनल पत्र देखाउन चुनौती दिन्छु ।
म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनसक्छ ,चलानी नम्बर हातले केरमेट गरेको छ । त्यो म प्रम नहुँदै पत्र पठाइएको हो,अमेरिकन एम्बेसीले सत्य बोलोस । तत्कालीन प्रधान सेनापतिले पनि मैले त्यति बेला निर्देशन दिएको हो कि होइन भन्न सक्नुहुन्छ ।
(मदन भण्डारीको ७१ औं जन्मजयन्तीमा मदन भण्डारी फाउण्डेसनले आज आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गर्नुभएको बिचारको सम्पादित अंश)
प्रतिक्रिया