काठमाडौं – १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ ।
ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान ।असार १५ अर्थात् राष्ट्रिय धान दिवसको असवरमा भोजपुरको पोखरेमा रोपाइँ गर्दै । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरले यहाँ रोपाइँ कार्यक्रमको आयोजना गरेको हो । जिल्लाको विभिन्न ठाउँमा धान दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरले यहाँ रोपाइँ कार्यक्रमको आयोजना गरेको हो । जिल्लाको विभिन्न ठाउँमा धान दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।ललितपुरको खुमलटारमा रोपाइँ गर्दै किसान ।उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवद्वारा बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा आधुनिक कृषियन्त्रबाट रोपाइँ गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव ।
प्रतिक्रिया