अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व विशिष्टलाई थप सुविधा पूर्णत गलत : हिक्मत कार्की

पूर्व विशिष्टलाई थप सुविधा पूर्णत गलत : हिक्मत कार्की


विराटनगर- सरकारले पूर्व विशिष्ट श्रेणीका व्यक्तिहरुलाई थप सुविधा दिने तयारी गरेकोमा नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले आपत्ती जनाउनुभएको छ ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका पूर्व मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक सञ्जालमा लेख्दै पूर्व विशिष्टलाई थप नयाँ सुविधा दिनु पूर्णत गलत भएको जिकिर गर्नुभएको छ ।
सरकारले गर्न लागेको यो निर्णय सर्वोच्च अदालतको नजिर र हाम्रो कानुनी व्यवस्थाको विरुद्धमा रहेको कार्कीको भनाइ छ ।