अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नाइजेरियामा सडक दुर्घटना, पाँच जनाको मृत्यु, नौ घाइते

नाइजेरियामा सडक दुर्घटना, पाँच जनाको मृत्यु, नौ घाइते


नाइजेरिया – नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स (एफआरएससी) का कमाण्डर अहमद उमरले बताएअनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको हो ।

मृतक पाँच जनामा कोही जलेका छन् भने घाइतेहरू मध्ये केहीमा विभिन्न चोटपटक लागेको बताइएको छ ।