अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भोजपुर क्याम्पसले पायो अनेरास्ववियुको नयाँ नेतृत्व, अध्यक्षमा सुमी राई

भोजपुर क्याम्पसले पायो अनेरास्ववियुको नयाँ नेतृत्व, अध्यक्षमा सुमी राई


भोजपुर – भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुको नयाँ कमिटी गठन गरिएको छ ।

नवगठित कमिटीको अध्यक्षमा सुमी राई, उपाध्यक्षमा देवु सुन्दास र सुष्मा विष्ट, सचिवमा अन्जा राजवंशी, सहसचिवहरूमा पपु किराती, सुवास नेपाल र विश्वास राई साथै कोषाध्यक्षमा मनोज विश्वकर्मा हुनुहुन्छ ।

क्याम्पस कमिटीको सम्मेलनबाट सदस्यसहित ३९ सदस्यीय नेतृत्व चयन गरिएको हो ।

सम्मेलन अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा भोजपुर सह-इन्चार्ज ध्रुवराज राईको प्रमुख आतिथ्यमा भएको थियो ।