अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार व्यापारी मैत्री भयो, किसानले दुःख पाए : कांग्रेस नेता पौडेल

सरकार व्यापारी मैत्री भयो, किसानले दुःख पाए : कांग्रेस नेता पौडेल


काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार व्यापारी मैत्री भएको भन्दै आलोचना गर्नुभएको छ । ६४ औ संसद सेवा दिवसका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उहाँले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको र किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको हो । भन्नुभयो, ‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अरबका कुरा छन्।’

उहाँले किसानलाई मल दिन नसकेकोमा पनि सरकारको आलोचना गर्नुभयो। ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उहाँले भन्नुभयो, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’

कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको उहाँको आरोप छ ।