अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको केन्द्रीय समिती बैठक साउन ५ र ६ गते

राप्रपाको केन्द्रीय समिती बैठक साउन ५ र ६ गते


काठमाडौं – राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उम्मेद्वार छनौटको मापदण्ड, संगठन सुदृढीकरण लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि असारको पहिलो साता बस्ने भनिएको केन्द्रीय समितिको बैठक विशेष कारण भन्दै स्थगित गरिएको थियो ।