अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको बुधबारेमा मृत हात्ती भेटियो

झापाको बुधबारेमा मृत हात्ती भेटियो


विर्तामोड- झापामा एउटा एउटा मृत फेला परेको छ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ आयाबारीस्थित मीना कार्कीको घर पछाडी खेतमा हात्ती मृत अवस्थामा फेला परेको हो ।

हात्ती के कारणले मरेको हो भन्ने खुलेको छैन। खेतमा हात्ती लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीय तीर्थ तिम्सिनाले हात्ती के कारणले मरेको हो भन्ने विज्ञहरू आएपछि मात्रै थाहा हुने बताए।

स्थानीय, वन कार्यालयका कर्मचारी तथा रक्षकले मृत हात्तीलाई घेरा हालेर बसेका छन्।

हात्तीको दाह्रा, सुढ, पुच्छर र खुर सुरक्षित छ। स्थानीयका अनुसार मृत हात्तीको शरीरमा कुनै पनि चोटपटक छैन।

केही दिनदेखि यो हात्ती बुद्धशान्ति क्षेत्रमा घुमिरहेको थियो।