अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री फिर्ता बोलाउने निर्णयसँगै जसपाभित्र विभाजनको अवस्थामा

मन्त्री फिर्ता बोलाउने निर्णयसँगै जसपाभित्र विभाजनको अवस्थामा


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिले प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पार्टीका सवै मन्त्रीलाई फिर्ता बोलाउनु भएको हो।

मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको एक स्रोतले बताएको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री हुनुहुन्छ ।

यसअघि सत्तारुढ नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएको थियो ।

मन्त्री फिर्ता बोलाउने निर्णयसँगै जसपा औपचारिक विभाजनको अवस्थामा पुगेको छ । अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै अलग-अलग बाटो हिड्ने निर्णय लिइसक्नु भएको छ ।