अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दीयामा गोली लागेर एकजनाको मृत्यू

बर्दीयामा गोली लागेर एकजनाको मृत्यू


बर्दिया- बर्दियाको गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती भारतीय जंगलमा गोली लागि एक जनाको मृत्यु भएको छ।
सीमावर्ती भारतीय जंगलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो। उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिनुभयो।
गोली कसले कसरी चलाएको हालसम्म जानकारी नभएको उपरीक्षक सुवेदीले बताउनुभयो।

शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ।