अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरमा पहिरोले पुर्दा बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव फेला

पाँचथरमा पहिरोले पुर्दा बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव फेला


पाँचथर- पाँचथरमा पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका तीनमध्ये एक जनाको शव भेटिएको छ ।
शुक्रबार राति १० बजेतिर पहिरोले पुर्दा हराएकामध्ये घरमुली ४२ वर्षीय रूपलाल मगरको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।

पाँचथरको फालेलुङ गाउँपालिका ७ विहीदिनका रुपलालको घर शुक्रबार राति अन्दाजी १० बजेतिर पहिरोले घर पुर्दा बेपत्तामध्ये दुई जना अझै भेटिएका छैनन् । रूपलालकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता छन् । प्रहरीले उनीहरुको खोजी जारी राखेको छ ।