अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रश्न : मैले सरकार छोडेपछि कसरी ४९ अर्वको चामल आयात भयो ?

अध्यक्ष ओलीको प्रश्न : मैले सरकार छोडेपछि कसरी ४९ अर्वको चामल आयात भयो ?


ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको खाद्यान्न आयात कसरी भयो भन्ने प्रश्न गर्नुभएको छ ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमबीच बोल्दै अध्यक्ष ओलीले आफ्नो सरकारपछि एक वर्षमै ४९ अर्बको खाद्यान्न आयात भएको बताउनुभयो।
६० प्रतिशत भन्दा पछि जनसंख्या कृषि क्षेत्रमा लागेपनि यस्तो अवस्था सिर्जना किन भयो भन्ने प्रश्न अध्यक्ष ओलीको छ ।

‘नेपाल जस्तो ठाउँमा किन हामीले सरकार छोडेपछिको मात्रै हिसाब गर्दा ४९ अरबको चामल आयात कसरी भयो ? कृषि प्रधान देश ६० प्रतिशत भन्दा बढी जनता कृषिमा संलग्न छन्,’ अध्यक्ष ओलीले भन्नुभयो ‘यस्तो अवस्थामा कृषि प्रधान देशमा यस्तो उर्बर देशमा जहाँ यति हिमाल, नदी, नाला, उर्बर फाँटहरू छन्। जहाँको जनसंख्या तीन करोड भन्दा कम छ। त्यस्तो देशमा किन हामी खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बको आयात गर्छौं एक वर्षमा।’

‘यो अत्यन्तै अशोभनीय स्थिति हो। यसकारण की उपयुक्त नीतिका साथ हामी कृषिको आधुनिकरण गरेर, कृषिको व्यवसायीकरण गरेर र कृषि क्षेत्रमा आजको समय अनुसार चाल्न पर्ने नीति साथ अगाडी बढ्न सकेनौं,’ उहाँले भन्नुभयो।