अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले निकट युवा संघले आज राहदानी विभाग घेराउ गर्ने

एमाले निकट युवा संघले आज राहदानी विभाग घेराउ गर्ने


काठमाडौं-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आज राहदानी विभाग घेराउ गर्ने भएको छ ।

राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्नुपरेको चरम सास्तीविरुद्ध राहदानी विभाग घेराउ तथा ध्यानाकर्षण गर्न लागिएको संघले जनाएको छ ।

मध्यान्न १२ बजे त्रिपुरेश्वर स्थित राहदानी विभागमा घेराउ गर्ने तयारी गरिएको संघले जनाएको छ ।