अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अन्तरघात छानविन समिती : उजुरी केलाउने,जिल्ला रिर्पोट हेर्ने र प्रमाण पुगे कारवाही गर्ने

एमालेको अन्तरघात छानविन समिती : उजुरी केलाउने,जिल्ला रिर्पोट हेर्ने र प्रमाण पुगे कारवाही गर्ने


काठमाडौ -नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तरघातको छानविनका लागि गठन गरेको समितीले पर्सीदेखि काम थाल्ने भएको छ ।
समितीका संयोजक एवं पार्टीका उपाध्यक्ष विष्णु पौडेलका अनुसार समितीको बैठक पर्सी बसेर कार्यविधी बनाउने र त्यसका आधारमा अघि बढ्ने योजना छ । ‘पर्सी हाम्रो समितीको बैठक राख्ने । त्यसमा एउटा कार्यविधी प्रस्ताव गरिन्छ’ पौडेलले यो बेलासँग भन्नुभयो ‘त्यही कार्यविधीका आधारमा हामीले छानविन थाल्छौं ।’
पौडेलका अनुसार पहिलो चरणमा स्थानीय निर्वाचनका समयमा भएका अन्तरघातका विषयमा पार्टी केन्द्रमा परेका उजुरीहरु केलाउने काम गरिनेछ । त्यसपछि जिल्ला जिल्लाबाट आएको रिर्पोटहरुको अध्ययन गरिनेछ र सबै दशी प्रमाण पुगेर अन्तरघात गरेको पुष्टी भएमा कारबाही गरिनेछ । हिजोको सचिवालय बैठकले समितीले छानविन र कारबाहीको पनि अधिकार दिएको छ ।
समितीमा स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी र पोलिटव्यूरो सदस्य एवं स्थानीत तह विभाग प्रमुख देवेन्द्र दाहाल सदस्य हुनुहुनछ ।
समितीले कति समयमा काम सक्छ भन्ने बारे अहिले यकिन नभएको पौडेलले बताउनुभयो ।