काठमाडौ -जनता समाजवादी पार्टी नेपाल जसपाले तीनजना मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।
सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई यथावत् राखेर भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस हुनुभएको छ ।
आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए । उनका अनुसार सम्भवत आजै सपथ हुनेछ ।
बाबुराम भट्टराईतिर जान लागेकालाई रोक्ने रणनीति अन्तरगत यादवले आजै मन्त्रिपरिषदमा नयाँ मन्त्री पठाउन लाग्नु भएको हो ।
जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाउने भएको हो ।
यीमध्ये महिन्द्र राय बाबुरामसँग जाने तयारी छ । उनको उपेन्द्र यादवसँग लामो समयदेखि विवाद छ । त्यस्तै फिर्ता हुन लागेका रेणुकुमारी यादव अध्यक्ष उपेन्द्रसँग निकट भएका कारण उनलाई फिर्ता बोलाउँदा पनि आफूसँगै रहने भएकाले नयाँलाई पठाउन लागिएको हो ।





प्रतिक्रिया