अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डका छोरी गंगा र ज्वाईं जीवन पनि माअ‍ोवादी केन्द्रीय सदस्य

प्रचण्डका छोरी गंगा र ज्वाईं जीवन पनि माअ‍ोवादी केन्द्रीय सदस्य


काठमाडौ- नेकपा माओवादीको केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहालले दोस्रो प्रयासमा छोरी ज्वाईंलाई केन्द्रीय सदस्य बनाउनु भएको छ ।
आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाई जीवन आचार्यको नाम पनि छ । यस अघि पनि उहाँले य िनाम प्रस्ताव गरे पनि अस्विकृत भएका थिए ।

सूचीको ३ सय १३औं नम्बरमा गंगा दाहाल र ३१८औं नम्वरमा ज्वाई आचार्य उल्लेख गरेर थप केन्द्रिय सदस्यको नाम सार्वजनिक गरिएको छ । प्रचण्डका भाइ नारायण दाहाल, छोरी रेणु दाहाल र सम्धी चुणामणी खडका यसअघि नै केन्द्रीय सदस्य भइसक्नु भएको छ ।