काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रकरण र उक्त घटना लगाउन अर्थ मन्त्रालयले सिसिटिभी फुटेज गायब पारेको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र ध्वस्त पार्ने काममा गठबन्धन सरकारले अति नै गरेको बताउनुभयो ।
‘यो बजेट देशको बजेट हैन । यो त दुई चार जना घरानाको बजेट हो ’ ओलीको भनाई थियो । उहाँले आर्थिक अराजकताको नमुना यो भन्दा अर्को कुनै हुनै नसक्ने बताउनुभयो । ‘यो भन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा अरू के हुन सक्छ ?’ ओलीले प्रश्न गर्नु भयो ।
उहाँले सिसिटिभी फुटेज डिटेल गरेर सरकार झनै उदाङीएको बताउनुभयो । ‘आफ्नो स्वच्छता प्रमाणित गर्न छानबिन गरौँ प्रमाणित गर्नुहोस् भन्नु पर्ने बेलामा उल्टो यो के हो ?’ ओलीको प्रश्न थियो ।
उहाँले फुटेज तीन महिनासम्म राख्नु पर्ने व्यवस्थालाई लत्याएको भन्दै कानून सडकमा मकैं पोल्ने जनताको लागि मात्र हो कि सरकारले पनि पालना गर्नु पर्छ भनेर प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले यो घटनाको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले प्रधानमन्त्रीले छानबिन समिति बनाउँछु भनेर कबुल गर्नु पर्ने भन्दै दोषी पाइए प्रधानमन्त्रीले जिम्मासमेत लिनु पर्ने बताउनुभयो ।





प्रतिक्रिया