अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय सदस्यले उठाएका ‘जटिल’ विषयहरु सम्बोधन गर्न माओवादी केन्द्रीय कमिटीको आजको बैठक स्थगित

केन्द्रीय सदस्यले उठाएका ‘जटिल’ विषयहरु सम्बोधन गर्न माओवादी केन्द्रीय कमिटीको आजको बैठक स्थगित


काठमाडौ – केन्द्रीय सदस्यले उठाएका विषयहरु मध्ये केही जटिल भएकोले तिनको सम्बोधनका लागि समय आवश्यक भएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले आजको बैठक स्थगित गर्नु भएको छ । अहिले ११ बजे देखि सुरु हुने भनिएको बैठक स्थगितको सुचना केहीबेर अघि जारी गरिएको हो ।

आज स्थगित गरी बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
अस्ती आइतबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा माओवादीको बैठक जारी छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रतिवेदनमाथि सोमबार केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । त्यसक्रममा उठेका प्रश्नको आज प्रचण्डले जवाफ दिने कार्यसूची थियो ।

यही बैठकबाट पदाधिकारी चयन गर्नका लागि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दबाब दिइरहेका छन् । पदाधिकारी चयनका विषयमा आज नेताहरू अनौपचारिक छलफलमा जुट्ने भएकाले बैठक भोलिका लागि सारिएको बताइएको छ ।