अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा फूटको संघारमा,एक अर्कालाई कारबाही गर्ने बहुमत खोज्दै उपेन्द्र -बाबुराम

जसपा फूटको संघारमा,एक अर्कालाई कारबाही गर्ने बहुमत खोज्दै उपेन्द्र -बाबुराम

‘भूगोल भन्दा भर्चुअल’मा रम्ने बाबुराम प्रवृतिले पार्टी नबन्ने यादवको निस्कर्ष


काठमाडौ -बाबुराम भट्टराईको धन्धुकारीपनले आजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष यादवले उहाँलाई नबोलाइ केन्द्रीय कमिटी डाक्नु भएको छ । तर त्यसको काउण्टरमा बाबुरामले पनि सोही दिन समानान्तर बैठक डाक्नु भएको छ । यादव समुहको बैठक वीरगञ्जमा हुनेछ भने बाबुराम समुहको काठमाडौंमा । यादवको पार्टीमा विलय भएका बाबुरामले केही समय देखि यादवलाई नै पार्टीबाट निस्कासन गर्ने गतिविधी गर्न थालेपछि यादव कडा रुपमा प्रष्तुत हुन थाल्नु भएको हो । उनीहरुले पार्टी फुटाउन खोजे पनि दुवै जनासँग आवश्यक संख्या नपुगेपछि नयाँ पार्टी बनाउने तयारी छ ।
यादवले आफ्नो पक्षमा बहुमत कायम राख्न हिजो तीनै जना मन्त्रीलाई फिर्ता बालाएर नयाँ मन्त्री पठाएका छन् ।
जसपाका एक नेताका अनुसार जनाधार नभएका बाबुरामले पार्टीभित्र अनावश्यक हस्तक्षेप गर्ने,पार्टीको हित,नीति र विधीका कुरा गर्ने भन्दा पनि व्यक्तिगत र सामाजिक सञ्जालका कुरामा बढी अलमलिने गरेकोले यादव आजित हुनुहुन्छ । भूगोल भन्दा भर्चुअल संसारमा रमाउने बाबुराम प्रवृतिले पार्टी नबन्ने भन्दै यादव उहाँलाई पार्टीबाट विदा दिने छ्रिद्र खोज्दै हुनुुहुन्छ ।