काठमाडौ -नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गर्नुभएको छ ।
अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीना गरेपछि एउटा पद खाली भएको थियो ।
खातुनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो ।
मंगलबार बस्नेतलाई प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी सपथ ग्रहण गराउनु भएको छ । प्रदेश सभाको कार्यकाल करिब चार महिना बाँकी छ ।





प्रतिक्रिया