काठमाडौ- निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ।
निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगले जनाएको छ ।
आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले आगामी साता निर्वाचनको मिती घोषणा गर्ने तयारी गरेको छ ।
आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ।
यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो।
र, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ।





प्रतिक्रिया