अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसंगठनका अध्यक्षहरुको बैठकमा अध्यक्ष ओली : चुनावको तयारी गर्न निर्देशन देखि नेपाली भाषा बिगारेकोमा आक्रोससम्म

जनसंगठनका अध्यक्षहरुको बैठकमा अध्यक्ष ओली : चुनावको तयारी गर्न निर्देशन देखि नेपाली भाषा बिगारेकोमा आक्रोससम्म


ललितपुर -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्ने गरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले आज पार्टी केन्द्रीय कार्यालय च्यासनलमा जनसंगठनका अध्यक्षहरुसँगको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा परिणाममा केही तलमाथि भएको भए पनि एमालेले चुनाव जितेको बताउनु भयो । ‘चुनाव परिणाम हेर्दा एमाले हार्यो भन्दै बिरोधीहरु प्रचार गरिरहेका छन तर हामी चुनाव हारेका होइनौं, जितेका छौं, हामीसँग एक्लै लडन सक्ने ताकत कसैसँग भएन । अब पनि एक्लै लडने आँट गर्दैन । कसैले पनि एमालेसँग एक्लै भिडने आँट गर्दैन । सब थर्कमान छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

गठबन्धन सरकारले गरेको ज्याद्धती र अपराधका कारण जनता एमालेको सरकार सम्झन थालेको ओलीले बताउनुभयो । ‘अहिले गठबन्धनका नाममा जे भइरहेको छ, ‘हामी पटक पटक परिक्षण भइरहनु पर्छ, गठबन्धनकै कारण जनताले को जनताको हितमा छ भन्ने प्रष्ट भयो । हाम्रा निम्ति यस्तो परिक्षा घरिघरि भइरहनु पर्छ, यस्तो तुलना पनि घरिघरि भइरहनु पर्छ । नत्र जनताले थाह पाउने थिएनन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

चुनावको थप समिक्षा गर्दै ओलीले थप्नुभयो, ‘हामीहरु अलिक डिफेन्सिप मानसिकतामा गए जस्तो देखियो चुनाव परिणामले । अलिक प्रतिरक्षात्मक जस्तो मानसिकतामा देखियौं चुनावपछि । हामी चुनाव हारयौं कि भन्ने मानसिकता देखियो । यस सम्बन्धमा हामी प्रष्ट हुनुपर्छ–हामीले चुनाव हारेका छैनौं, जितेका छौं । यत्रो घेरावन्दी हुँदा पनि हामी एक्लै लडेर जीत हासिल गरेका छौं । बिरोधीहरु एमालेसँग एक्लै लडन सकिन्न भन्ने त्रासमा पुगेका छन ।

आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन देश बर्वाद बनाउने बाटोमा लागेको र मुलुकप्रति ध्यान दिनै छडेको तथ्य पनि राख्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘व्यापारिक घरानाका प्रतिनिधि राखेर, बिचौलियाका एजेण्ड राखेर मोलमोलाइ गरेर करका दरहरु परिवर्तन गरियो । यो हर्कत गरिए । यस्तो सरकार नभएको भए नेपाली जनताले, दनियाँले अघिल्लो सरकारले कोभिडको त्यस्तो महामारीमा पनि कसरी सबै सुचकहरु तल जान नदिएर काम गरेको थियो भन्ने तुलना गर्न पाइने थिएन ।’

यथास्थितिवादको रक्षाका निम्ति भाषा बिगारियो

अध्यक्ष ओलीले यथास्थितिवादको रक्षाका लागि नेपाली भाषा बिगार्ने कामसमेत भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो भाषामा जुन गरिमा छ, त्यो अरुमा छैन । तर त्यसलाई मारेर बिदेसीको नक्कल गरेर अनआदरणीय बनाउने काम पनि भएका छन । समाजलाई नेपाली भाषाप्रति, दलहरुप्रति अनादर फैलाउने डरलाग्दो प्रयाश भइरहेको छ । यी सवै कुरा यथास्थितिवादको रक्षाका निम्ति भइराखेको छ । यी सवै तमासा यसैको लागि भइरहेको छ । अग्रगामी चेतनाबाट बञ्चित गर्नका निम्ति भइरहेका छन । खासगरी युवा पंक्तिलाई अग्रगामी चेतनाबाट बञ्चित गर्नका निम्ती नेपाली भाषा बिगार्ने काम भइराखेको छ ।’
अव कसरी अगाडि बढने ?
हाम्रो बिचार सही छ, हाम्रो उद्धेश्य सही छ । हाम्रो गन्तब्य सही छ । यस अभियानमा सम्पुर्ण जनतालाई गोलबन्द गर्दै पराजीत गरेर अगाडि बढछौं । अहिलेका गठबन्धनमा रहेको शक्तिहरु मुलुक बर्वाद बनाउने षडयन्त्रमा डुवेका छन । यस्ता तत्वहरुलाई प्रधानमन्त्री बनाएर गठबन्धन तोडनुपर्छ भन्ने हो भने एमाले जनताको बीचमा किन जानु पर्यो ? यो गठबन्धन नै राष्ट्रिय लुटेरा हो । जनार्दन शर्मा भन्दा कुनै फरक छैनन गठबन्धनका कोही पनि ।

गठबन्धन तोडने नाउमा बजेटमारा, देशको लुटेराहरुलाई आदर्श बनाएर हामी समाजवादको गन्तब्यमा पुग्छौं भन्ने कल्पना गर्ने ? यो संभव छैन । बिचौलिया राखेर बजेट बनाएर देशको ढुकुटी लुटनेहरुलाई अथवा त्यस्ता कुराको भर परेर हामी जित्छौं भन्ने भ्रममा कोही पनि पर्नु हुन्न । सरकार बनाउने, प्रधानमन्त्री हुने हतारो हो कि हामीलाई समृद्ध नेपाल, सुखी नेपाली बनाउने गन्तब्यमा पुग्ने हो? हामी गन्तब्यमा पुग्ने हो । दौडमा सामेल हुने हो भने बैशाखी फ्याक्नुस, कुदनोस । अन्यथा केही गर्न सक्नुहुन्न ।