अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीमा आज प्रचण्डले पदाधिकारी घोषणा गर्ने,को होलान् महासचिव र वरिष्ठ उपाध्यक्ष ?

माओवादीमा आज प्रचण्डले पदाधिकारी घोषणा गर्ने,को होलान् महासचिव र वरिष्ठ उपाध्यक्ष ?

प्रचण्डको सेकेण्ड म्यानको रुपमा नारायणकाजीलाई रोक्न कसरत जारी


काठमाडौ- केही जटिल मुद्धा सम्बोधन गर्न भनेर हिजो स्थगित गरिएको माओवादी केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । पदाधिकारी चयनलाई जटिल मुद्धा भनेका माओवादी अध्यक्ष प्रचण्डले आज पदाधिकारीको नाम प्रस्तव गर्ने सम्भावना छ । त्यसका लागि हिजो दिनभर र आज विहान देखि नै प्रचण्ड आफ्नै निवास खुमलटारमा निकट नेताहरुसँग परामर्शमा व्यस्त रहेको खुमलटा स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा प्रचण्डले पदाधिकारी,स्थायी कमिटी र पोलिटव्यूरोका सदस्यहरुको नाम प्रस्ताव गर्ने तयारी छ । । हिजो खुमलटारमा बसेको कार्यलयको बैठकले पदाधिकारीको टुंगो लगाउने जिम्मा प्रचण्डलाई सुम्पेको छ । माओवादीमा महासचिव कसलाई बनाउने भनेर बढी विवाद छ । त्यसमा जनार्दन शर्मा र वर्षमान पुनको नाम चर्चामा छ । तर उहाँहरु दुवैजनाले दाबी नछोडेमा तेस्रो व्यक्तिको रुपमा कृष्णबहादुर महरालाई पनि अघि सार्ने सम्भावना रहेको माओवादी नेताहरुले बताएका छन् ।
यता वरिष्ठ उपाध्यक्षमा मातृका यादवले दाबीलाई बलियो बनाएपछि नारायणकाजी र कृष्णबहादुर महरा झस्किएका छन् । महराले महासचिव भन्दा बरिष्ठ उपाध्यक्षमा रुची गरेको नेताहरुको भनाइ छ । माओवादी भित्र नारायणकाजी श्रेष्ठलाई प्रचण्डको सेकेण्ड म्यानको रुपमा रोक्नका लागि बरिष्ठमा मातृका र महराको नाम चर्चामा ल्याइएको चर्चा छ ।