काठमाडौ- विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका सुचना चुहाएको र करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रयोग गरेको विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।
आज विहान माओवादीका स्थायी कमिटीका पूर्व सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
माओवादीको यो निर्णय बाहिरिएपछि यसलाई विभिन्न ढंगले व्याख्या गरिएको छ । यस विषयमा सत्तारुढ दलहरु बीच नै छलफल गरेर एउटा टुंगोमा पुग्नु पर्नेमा प्रतिपक्षी दलसँग माओवादीले किन छलफल गर्न चाह्यो भन्ने विषय अर्थपूर्ण छ । एमालेले शर्माको राजिनामा र छानविनको माग गरेको छ । तर प्रधानमन्त्री यी दुवै कुरामा सहमत भएको देखिदैन ।
दोस्रो कुरा एमालेसँग औपचारिक संवाद चाहिरहेको माओवादी अर्थमन्त्री प्रकरणबाटै संवादको ढोका खोल्न तयार भएको हो कि भन्ने आशंका गरिएको छ । तर एमाले नेताहरुले भने अर्थमन्त्री प्रकरणमा माओवादीसँग संवाद गरेर चोख्याउने साक्षी बस्न नसकिने जनाएका छन् ।





प्रतिक्रिया