अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौतर्फी दबाब बढेपछि अर्थमन्त्री जनार्दन शर्माको राजिनामा

चौतर्फी दबाब बढेपछि अर्थमन्त्री जनार्दन शर्माको राजिनामा


काठमाडौ -चौतर्फी दबाबपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिनुभएको हो।

लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गर्नुभयो । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, शर्माले भन्नुभयो, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’
बजेट निर्माणमा आफूले कुनै गल्ती नगरेको शर्माको दाबी छ । शर्माले अघि भन्नुभयो, मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’