अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनार्दन शर्माको बदमासी छानविन गर्न ११ सदस्यीय छानविन समिती गठन

जनार्दन शर्माको बदमासी छानविन गर्न ११ सदस्यीय छानविन समिती गठन


काठमाडौ -अर्थमन्त्री जनार्दन शर्माको बदमासी छानविन गर्न ११ सदस्यीय समिति बनाइने भएको छ ।
समितिमा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २र२, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी र एकीकृत समाजवादीबाट १र१ जना सदस्य रहनेगरी समिति बन्ने भएको हो।

११ सदस्यमध्येबाट संयोजक छनौट हुनेगरी सहमति भएको हो। छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन्।

शर्मामाथि छानबिनका लागि संघीय संसदले संसदीय समिति बनाउन दलहरूसँग छलफल अघि बढाएको थियो। सोही अनुसार दलहरुबीच समिति बनाएर अघि बढ्ने सहमति जुटेको हो।

अर्थमन्त्री तीब्र विवादमा परेपछि सभामुख अग्नि सापकोटाले बुधबार ११ बजे बोलाइएको संसद बैठक नै रोकेर दलका सचेतकसँग छलफल गर्नुभएको थियो ।