अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचवर्ष अघिको निर्वाचन भन्दा यस वर्षको निर्वाचनमा २ अर्ब २० करोड खर्च बढ्ने आयोगको अनुमान

पाँचवर्ष अघिको निर्वाचन भन्दा यस वर्षको निर्वाचनमा २ अर्ब २० करोड खर्च बढ्ने आयोगको अनुमान


काठमाडौ-निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।
मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी मंसिर २२ मा समाप्त हुँदैछ । आयोगले यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै मंसिर २ को मिति सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो ।