काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारमा नरहँदा पनि विभिन्न देश र मित्र पार्टीहरुसँगको सम्बन्धलाई प्रगाढ बनाउने काम गर्नु पर्ने बताउनुभएको छ ।
पार्टीको विदेश विभागको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर सार्वभौमसत्ता, स्वाधीनता र असंलग्न परराष्ट्र नीतिमा अडिग भएर अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउँदै लैजानुपर्ने वताउनुभयो ।
अध्यक्ष ओलीले विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा विभागले समय समयमा छलफल आयोजना गरी कूटनीतिक क्षेत्रमा काम गर्ने, चासो राख्ने साथीहरूलाई प्रशिक्षित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–विदेश भ्रमणका समयमा पालना गर्नुपर्ने मर्यादाका बारेमा राम्रोसँग जानकारी हुनु आवश्यक छ ।
बैठकमा परराष्ट्र मामिला विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य डा।राजन भट्टराईले विभागको कामका सम्बन्धमा रिपोर्टिङ गर्नुभएको थियो ।
सो अवसरमा हालै चेक गणतन्त्रको राजधानी प्रागमा सम्पन्न ‘इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज्’ ९आइक्याप० स्थायी कमिटीको बैठकले गरेका निर्णयहरुको बारेमा उहाँले जानकारी गराउँदै आगामी बर्ष उक्त स्थायी कमिटीको बैठक र एसिया–यूरोप राजनीतिक फोरमको पाँचौ बैठक नेपालमा हुने जानकारी गराउनु भएको थियो ।
परराष्ट्र मामिला विभाग प्रमुख भट्टराई प्रागमा भएको उक्त कन्फरेन्सबाट एसिया–यूरोप राजनीतिक फोरमको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।
विभागको बैठकले बार्षिक कार्ययोजना पारित गरेको छ ।





प्रतिक्रिया