अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधीसभाको आजको बैठकमा नागरिकता विधेयक फिर्ता लिइने

प्रतिनिधीसभाको आजको बैठकमा नागरिकता विधेयक फिर्ता लिइने


काठमाडौ- प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो २ बजे सुरु हुने गरी बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
आजका सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता पहिलो संशोधन, २०७५’ फिर्ताका लागि प्रस्ताव पेस गरिने पनि उल्लेख गरिएको छ। प्रस्ताव गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गर्नेछन्।

मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सरकारले प्रतिनिधि सभामा विचाराधीन विवादित नागरिकता विधेयक फिर्ता लिन लागेको हो।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने नागरिकता विधेयक फिर्ताको निर्णयको विरोध गरेको छ।