अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुराको बुढीगंगामा मतगणनाको तयारी

बाजुराको बुढीगंगामा मतगणनाको तयारी


बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनाको तयारीस्वरूप अहिले सर्वदलीय बैठक बसेको छ । बिहान ७ बजे सर्वदलीय बैठक बस्ने भनिएपनि केही ढिलो बैठक सुरु भएको हो । बैठकलगत्तै गणना गर्ने जनाइएको छ ।
बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले आजलाई पुन निर्वाचनको मिति तोकेको थियो । हिजो सम्पन्न निर्वाचनमा ६६।८३ प्रतिशत मत खसेको थियो ।

यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।