अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेताहरु सिन्धुलीमा दुर्घटनामा,हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी हुँदै

एमाले नेताहरु सिन्धुलीमा दुर्घटनामा,हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी हुँदै


सिन्धुली- नेकपा एमालेका नेताहरु दुर्घटनामा परेका छन् । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा भाग लिन जाने क्रममा सिन्धुलीको भिमानमा एमाले नेताहरु दुर्घटनामा परेका हुन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते हुनुभएको छ ।

घाइते नेताहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन ।