अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले १७ हजार मान्छे मारेको पुष्टी गर्न सकेन : अध्यक्ष ओली

माओवादीले १७ हजार मान्छे मारेको पुष्टी गर्न सकेन : अध्यक्ष ओली


काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धले निहत्था मान्छेको हत्या र राज्यको अर्बौ क्षति पुर्याउँनुबाहेक कुनै पनि औचित्य पुष्टि गर्न नसकेको बताउनुभएको छ ।
शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले हत्या गरेका ओखलढुंगाका एमाले नेता छबी कार्कीको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले १७ हजार मान्छे मारेर माओवादीले के पायो भन्ने जवाफ दिनुपर्ने बताउनुभयो ।
ओलीले भन्नुभयो–माओवादीले के का लागि हतियार उठाएको थियो रु आजसम्म उसले जवाफ दिएको छैन । आजको प्रश्न सुनेर भोलि पर्सी प्रचण्डले जवाफ दिए हुन्छ । महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनस्र्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? फास्ट ट्र्याकबाट सत्तामा जानेबाहेक अरु कुनै उद्देश्य थिएन ।

अध्यक्ष ओलीले पेरुमा साइनिङपाथ नामको माओवादीले ३५ हजार कम्युनिस्ट कार्यकर्ताको हत्या गरेर अन्तिममा आफैं सिद्धिएको उदाहरण दिँदै ओलीले नेपालमा पनि माओवादीले प्रचण्डको नेतृत्वमा एमाले र कांग्रेसका कार्यकर्ताको हत्या गरेको बताउनुभयो ।राजाले घोषणा गरेको संसद पुनस्र्थापनालाई जनयुद्धको उपलब्धि मान्ने हो भने त्यो घोषणा आफूले मस्यौदा गरेको भन्दै ओलीले गणतन्त्र,धर्मनिरपेक्ष जस्ता उपलब्धि माओवादी जनयुद्धबाट नभएर पुनस्र्थापित संसदबाट भएको दावी गर्नुभयो ।अध्यक्ष ओलीले प्रचण्डपथ भनेको देशलाई अँध्यारो र भड्कालोमा लैजाने पथ भएको भन्दै सबैले भ्रमबाट मुक्त हुनुपर्ने बताउनुभयो ।