अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीमा अन्तरघातको छानविन गर्न टंक राईको संयोजकत्वमा छानविन समिती

माओवादीमा अन्तरघातको छानविन गर्न टंक राईको संयोजकत्वमा छानविन समिती


काठाडौ- नेकपा माओवादी केन्द्रले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तरघात भएको भन्दै छानबिन समिति बनाएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी सिमिति बैठकले चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको हो पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

केन्द्रीय समिति बैठकमा पार्टी केन्द्रीय सदस्यहरूले नै चुनावमा सहयोग नगरेको उम्मेदवारलाई घात गरेको कुरा उठेपछि स्थानीय समिति बैठकले छानबिन समित गठन गरेको प्रवक्ता महराको भनाइ छ।