काठमाडौ- स्थानीय तहको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले करिब ३ हजार मतको अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्काले करिव दोब्बर मतान्तरको अग्रता कायम राखेका छन्।
४ हजार ९६५ मत गणना हुँदा मेयरमा एमालेका बानियाँले ३ हजार ६४ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
यस्तै, उपमेयरमा एमालेकी कुवँरले ३ हजार १३ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।
अन्तिम मतपरिणाम सार्वजनिक १, २, ९ र १० नम्बर वडामा नेकपा एमाले प्यानल सहित विजयी भएको छ।





प्रतिक्रिया