अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश संरचना आवश्यक छैन : गोकुल बाँस्कोटा

प्रदेश संरचना आवश्यक छैन : गोकुल बाँस्कोटा


काठमाडौं -नेकपाा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रदेश संरचना आवश्यक नभएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले गण्डकी प्रदेशका मन्त्रीहरुले बजेटछमा मातापिताका नाममा राखेका ट्रष्टले पनि प्रदेश संरचना आवश्यक नभएको बताउनु भएको हो । यस अघि नै बाँस्कोटाले पटक पटक प्रदेश संरचना खारेज गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।
बाँस्कोटाले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ – र,फेरी पनि भन्छु यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रष्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन ।
केहीदिन अघि गण्डकी प्रदेशले ल्याएको बजेटमा मूख्यमन्त्री लगायत केही मन्त्रीहरुले मातापिताको नाममा ट्रष्ट बनाउन बजेट बिनियोजन गरेका थिए ।