काठमाडौ -नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चाओले आज गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक शिलान्यास गर्नुभएको छ ।
प्रमुख लिउले मेलम्ची खानेपानी आयोजनाको सुरुङ नजिक निर्माण हुने शालिकको शिलान्यास गर्नुभएको हो । हिजो नेपाल आएका प्रमुख लिउले हिजै दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।
प्रमुख लिउले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भोली राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।





प्रतिक्रिया