अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रीमानको संस्थामा १ करोड विनियोजन गर्ने गण्डकीकी साँसद पियारीलाई सूर्य थापाको -कटाक्ष बोल पियारी बोल

श्रीमानको संस्थामा १ करोड विनियोजन गर्ने गण्डकीकी साँसद पियारीलाई सूर्य थापाको -कटाक्ष बोल पियारी बोल


काठमाडौ नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापाले गण्डकी प्रदेश सरकारबाट श्रीमान अध्यक्ष भएको संस्थामा १ करोड रुपैंया विनियोजन गराउने साँसद पियारी थापालाई कटाक्ष गर्नुभएको छ ।
एमालेको सरकार ढाल्न योगदान गरेकी थापालाई पुरस्कार स्वरुप उक्त रकम विनियोजन गरिएको व्यापक चर्चा छ । यस्तो प्रकरणमा मोहनविक्रमलाई थाहा भयो कि भएन होला भनेर थापाले प्रश्न पनि सोध्नु भएको छ । बजेटमा गण्डकी सरकारले मूख्यमन्त्री लगायत मन्त्रीका पितृहरुका नाममा खुलेका ट्रष्टमा रकम बिनियोजन गरेपछि यसको व्यापक विरोध भएको छ ।
थापाले सामाजिक सञ्जालमा पियारी प्रकरण बारे यस्तो लेख्नु भएको छ ः
गण्डकी प्रदेश सरकारबाट बर्षेनी बजेट प्राप्त गर्दै करोडौं रकम एक दम्पतीको निजी अक्षय कोषका रूपमा स्थापना गरेको कोषमा लिन सफल राष्ट्रिय जनमोर्चाकी सभासद् पियारी थापा र उनका पति हेमराज आश्रम किन मौन छन् ? पति अध्यक्ष, पत्नी संरक्षक, अनि प्रदेश सरकारबाट नियमित बजेट बिनियोजन, यस्तो काइदा र फाइदा अन्यत्र कहींकतै होला१ आफ्नी पत्नी दुर्गादेवीसहित जनमोर्चाका सांसदहरूको उच्च प्रशंसामा लामालामा लेख लेख्ने मोहनविक्रमजीलाई पियारी प्रकरण थाहा भयो कि भएनरु सत्ता समीकरणको खेलमा यसरी करोडौं रकम हत्याउनेहरूलाई अझै कति दिन बेदागको ुट्यागु लगाएर प्रशंसा गरिरहने हो? मोहनचित्र गुटमा आँखा चिम्लेर लागेपछि यस्तो अपराध सबै क्षम्य र माफी मिनाहा हुन्छ ?
सत्यतथ्य कुरा खोल ।